२५ वैशाख २०८१

अब पर्खन सकिन्न – देउवा

0

पोखरा, चैत ४ गते । पूर्व प्रधामन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम छोडेर वार्तामा आउन एकीकृत नेकपा माओवादी  नेतृत्वको ३० दलीय मोर्चासँग आग्रह गर्नुभएको छ ।नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विपक्षी मोर्चा वार्तामा नआए प्रक्रियाबाटै संविधान जारी गरिने चेतावनी दिनुभयो ।

आफूले भनेका कुरा माने सहमति हुने नत्र सहमति नहुने अहम् एमाओवादीले छाड्नुपर्ने उहाँको भनाइ थियो । संविधानका अन्तरवस्तुमा सहमति जुटाउन सत्ता पक्षले धेरै समय पर्खेको बताउँदै वरिष्ठ नेता देउवाले अब भने धेरै पर्खन नसकिने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता देउवाले भन्नुभयो – एमाओवादीले संविधानसभा छोड्दै छोड्दैनन् भन्ने विश्वास छ, छोडेर गए पनि संविधान बनाएपछि मात्रै होला ।

उहाले विगतमा कैलाली, कञ्चनपुरलाई सेती–महाकालीमै राख्ने र आवश्यक परे जनमत सङ्ग्रह गर्न मुख्य तीन दलका अध्यक्ष सहमत भएका हुन् भन्दै आवश्यक परे जनमत सङ्ग्रहमा जान सकिन्छ भन्ने सहमत समेत भएको खुलासा गर्नुभयो । रासस

Share.

Leave A Reply