१७ वैशाख २०८१

कोलोराडोमा एमआरपीकोलागि चहल पहल बढ्दो

0

नातिबाबु भट्ट मार्च १५, कोलोराडो, अमेरीका। नेपाल सरकारले जारी गरेको हस्तलिखीत पासपोर्ट आगामी नेभेम्बर २४ देखि अमान्य हुने भएपछि एमआरपी बनाउन कोही नछुटुन् भन्ने उद्धेश्यले कोलोराडोमा यसको सकृयता बढेको छ ।

नेपालीहरुको बाक्लो बसोबास रहेको स्टेटहरुमा छिटो र छरितो माद्यमबाट एमआरपी फारम वितरण तथा संकलन गर्न स्थानीय संघ संस्था तथा समाजसेवी व्यक्तिहरु परिचालन गर्ने नेपाली राजदुतावास र एनआरएनको निती अनुसार कोलोराडोमा नेपाली घर, रकि माउन्टेन फ्रेन्डस अफ नेपाल, बिआरटी नेपाल, स्थानीय जगन्नाथ गौतम, बिरेन्द्र अधिकारी तोकिएपछि यसको चहल पहल बढेको हो ।

स्थानीय श्रोत र साधनहरु प्रयोग गरि यस कार्यक्रमलाई तिब्रता दिने उद्धेश्यले आईतवार बु्रमफिल्ड लाईब्रेरिमा एक कार्यशाला सम्पन्न भएको छ । नेपाली घर, रकि माउन्टेन फ्रेन्डस अफ नेपाल, स्थानीय जगन्नाथ गौतम, बिरेन्द्र अधिकारीको सकृयतामा सम्पन्न कार्यशालामा ५० जना भन्दा बढिको उपस्थिती रहेको थियो । कार्यशालामा विशेष गरि बिरेन्द्र अधिकारीले फर्म भर्ने लगायत राजदुताबास सम्म कसरि पठाउने यसको प्रक्रिया बुंदागत रुपमा प्रष्ट्याएका थिए ।

राजदुतावास र एनआरएनले आयोजना गर्ने भनेको कार्याशाला कहिले गर्ने टुङ्गो नभएपछि स्थानीय श्रोत र साधनहरु प्रयोगगरी कार्यक्रमलाई अगाडी बढाईएको नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठले बताए । राजदुतावासवाट आवश्यकता अनुसार प्रयाप्त मात्रामा फारम उपलब्ध हुन नसकेको र अमेरीकी बजारमा फारमको लागि स्टाण्डर साईजको कागज समेत नपाउने भएपछि बिशेष अडर्र गरि दुई हजार प्रति फारम छापि सकिएको अध्यक्ष श्रेष्ठले बताए ।

त्यसैगरी रकि माउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्यले यस्तै किसिमको कार्यशाला नेपालीहरुको बाक्लो बस्ति भएका चार पांच सहरमा सञ्चालन गरिने बताए । त्यस्तै जगन्नाथ गौतम र बिरेन्द्र अधिकारले यस सम्बन्धी कुनै जानकारी तथा सर सहगोगको लागि आफुहरु सधै तयार भएको बताए । यस अघि नै यहां क्रियाशिल दुई सस्था नेपाली घर, रकि माउन्टेन फ्रेन्डस अफ नेपालले यसको लागि कोलोराडो स्प्रिङ्ग, भेल देखि फोर्टकलिङ सम्म घरदैलो गर्ने बताई सकेका छन् ।

एमआरपीको लागि राजदुतावासमा पठाईएका धेरै आवेदन फारमहरु नेपाल सरकारले तोकेको ढांचा अनुसार नहुंदा धेरै नेपालीले दुख पाउने गरेको भन्दै उनीहरुले राम्रो संग बुझेर मात्र भर्न सबैलाई आग्रह गरेका छन् ।

Share.

Leave A Reply