२९ वैशाख २०८१

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

0

काठमाण्डौ, गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन्।

प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित बनेका हुन्। पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याए।

महिलासहित ५ उपाध्यक्षमा भने मिश्रति परिणाम आएको छ। खुलातर्फ पन्त समूहका बद्री केसी ११६३, अर्जुनकुमार श्रेष्ठ १०२७, सोनाम लामा ८९८ र आचार्य समूहका मन केसी ९६१ विजयी भएका छन्।

महिला उपाध्यक्षमा पनि आचार्य समूहकै रविना थापा १२२१ मतका साथ विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत ल्याएकी छन्।

महासचिवमा १ हजार १ सय ९१ मतका साथ डा . हेमराज शर्मा बिजयी बने। यस्तै २ सचिवमा गौरीराज जोशी ९१६ र आरकेशर्मा ८६८ विजयी भएका छन्।

कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ १६५३ मतका साथ विजयी भएका छन् भने सहकोषाध्यक्षमा लोकप्रसाद दहाल ११८४ विजयी भएका छन्।

महिला संयोजकमा भोमादेवी लिम्बु ७०२, युवा संयोजकमा हिमाल गुरुङ ७६८ विजयी भएका छन्।

निर्वाचनमा नेकपा निकटबाट कुमार पन्त र काँग्रेस निकटबाट कुल आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।

Share.

Leave A Reply