२१ वैशाख २०८१

एउटै गीतबाट लखपति बनिन् गीतकार पुष्पा खनाल

0

गीतकार पुष्पा खनालले आफ्नो एउटै गीतको सार्बजनिक प्रयोग बापत आफ्नो सिर्जनाको रोयल्टी प्राप्त गरेकी छन् ।
खनालले बितेको ८ महिना अवधिमा आरबिटि बाट प्राप्त १ लाख २४ हजार भन्दा बढीको रोयल्टी लिएकी हुन् । सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालमा आयोजित कार्यक्रममा समाजका महासचिव महेश खड्काले खनाललाई रोयल्टी रकम हस्तान्तरण गरेका हुन् । गीतकार खनालको शब्द, गोबिन्द मधुर आचार्यको सङ्गीत र अन्जु पन्तको स्वरमा रहेको त्यसैले म आइनँ तिमीलाई दुस्ख दिन बोलको गीतबाट गीतकार खनालले उक्त रोयल्टी प्राप्त गरेकी हुन् ।

गीतकार खनालका त्यसैले म आइँन, यो आँखाको पानीलाई, थोपा थोपा रङ्ग होइन, बोलि मीठो मायालुको लगायत दर्जन बढी गीतहरू दुई वटा एल्वममार्फत् बजारमा आएका छन् । साथै खनालको गीति कविताको पुस्तक ु पोखिँए यसरीु पनि प्रकाशन भइसकेको छ । रोयल्टी हस्तान्तरणपछि महासचिव खड्काले रोयल्टीका सबै क्षेत्रलाई कानुनको दायरामा ल्याउन समाज लागि परेको र सफल हुँदै गएको बताए । खड्काले आफ्ना बौद्धिक सिर्जनाको संरक्षणमा स्रष्टा आफैँ पनि लाग्नु पर्ने समेत बताए ।
रोयल्टी रकम ग्रहण गर्दै गीतकार खनालले रोयल्टी सङ्कलन र ब्यवस्थापन पूर्ण रूपमा हुँदा राज्य धनी हुने र स्रष्टा सर्जकको आर्थिक अवस्थामा सुधार आउने विचार व्यक्त गरिन् ।

Share.

Leave A Reply