२१ वैशाख २०८१

गैरअवासीय नेपाली संघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) वीच भेटघाट र छलफल

0

गैरआवासीय नेपाली संघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सक्रियतामा आर्थिक पत्रकारहरुसंग एक भेटघाटको कार्यक्रम आयोजना गर्यो । यस कार्यक्रमको मुख्य उद्देश्य संघका गतिविधिहरुमा सुरुदेखी नै दुई संस्था वीच कायम रहेको सहकार्यलाई निरन्तरता दिने रहेको थियो ।

कार्यक्रमको सुरुमा संघका प्रवक्ता भूषण घिमिरेले सहभागीहरुलाई स्वागत गर्दै संघले नयां कार्यकालमा गरेका गतिविधिहरु र भावी कार्यक्रमहरु बारे जानकारी गराउनुका साथै संघले गरेका गतिविधिहरुलाई विश्वभर जानकारी गराउनको लागी सेजनसंगको सहकार्य महत्वपूर्ण हुने बताउनु भयो । साथै उहाँले नेपालका संचारकर्मीहरुले सदैव गैरआवासीय नेपालीहरुका चासोका विषयहरुलाई आफ्नो संचार माध्यममा प्राथमिकता दिएकोमा आभार प्रकट गर्नु भयो ।

संघका अध्यक्ष भवन भट्टले गैरआवासीय नेपाली संघका परियोजनाहरुमा भएका कामको साथै संघका हालका क्रियाकलापहरु र भर्खरै बेलायतमा सम्पन्न भएको लगानी सम्बन्धी गोष्ठी बारे अवगत गराउनु भयो । उहाँले नेपालको लगानीमा प्रवर्धन गर्नको लागी नेपालमा एक लगानी कोष खडा गर्ने र यस कोषमा करीव १० अरव रकम जम्मा हुने लक्ष्य राखेको  जानकारी गराउनु भएको थियो । यसका साथै उहाँले छोटो समयमा कार्यक्रमको आयोजना गरिएको भएता पनि आफ्नो अमुल्य समय दिएर सहभागीता हुनु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्नु भयो ।

लगानी विशेषज्ञ अनल भट्टराईले गैरआवासीय नेपाली संघको पहलमा खडा गर्न लागिएको १० अर्वको लगानी कोषको स्थापनाका लागि सरकारका निकायहरुसंग भएको पहल र संभावित प्रकृया बारे जानकारी गराउनु भएको थियो ।

सहभागी हुनु भएका संचारकर्मीहरुले संघले गरेका गतिविधिहरु बारे विभिन्न जिज्ञासा राखेका थिए । जसमा प्रायजसो संचारकर्मीहरुले विगतमा संघ र संचारकर्मीहरु वीच संवादमा कमी आएको गुनासा गरेका थिए । यसका साथै उहाँहरुले नेपालको संचार जगत नेपालको उन्नती र प्रगतीमा संघले गर्ने पहलमा साथ दिन सदैव तत्पर रहेको जानकारी गराउनु भएको थियो ।

यस कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, प्रवक्ता भूषण घिमिरे, एशिया प्रशान्तका क्षेत्रीय संयोजक किरणविक्रम थापा, युकेका पूर्व आइसिसि सदस्य सुवाष अधिकारी, आर्थिक क्षेत्रका विशेषज्ञ अनल भट्टराई, सेजनका अध्यक्ष पुष्पराज आचार्य लगायतका पदाधिकारी तथा सदस्यहरु र सचिवालयका प्रमुख कार्यकारी अधिकृत डा. हेमन्त दवाडीको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभागीहरुलाई संघले ३ महिने कार्यकालमा गरेका गितविधिहरु बारे एक प्रेस नोट वितरण गरेको थियो । 

Share.

Leave A Reply