२२ वैशाख २०८१

नेपाली नेपाली डटकमको तेश्रो वार्षिकोत्सव उद्घाटन हुँदै

0


युरोपको लोकप्रीय अनलाईन पत्रिका नेपाली नेपाली डटकमको त्रेश्रो वार्षिकोत्सव समारोहको आज जर्मनीको सुन्दर शहर फ्रयाड.कफर्टमा जर्मनीका लागि नेपाली राजदुत महामहिम रमेश प्रसाद खनालले उद्घाटन गर्दै हुनुहुन्छ ।
उक्त समारोहमा गैर आबासीय नेपाली संघका अध्यक्ष शेष घले सहभागी हुने भएका छन्। जर्मनीको फ्रयाङ्कफर्टमा आज हुने एक बिशेष समारोहमा अध्यक्ष घले बिशेष अतिथिको रुपमा सहभागी बन्ने भएका हुन्। “सबै नेपालीहरुको खबरले” परिचित अनलाईन पत्रिकाले आज युरोपको नेपाली समुदाय माँझ तेस्रो बार्षिकोत्सव मनाउँदै छ।
उद्घघाटन समारोहमा गैर आबासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने,संघका संस्थापक अभियन्ता तथा अवैतानिक बाणिज्य दूत रामप्रताप थापा,केन्द्रिय उपाध्यक्ष कुमार पन्त,महासचिव डा।बद्री केसी सहभागी बन्ने भएका छन्।
यस्तै संघका सचिव अर्जुन कुमार श्रेष्ठ,महिला संयोजक सपीला राजभण्डारी,उप संयोजक रजनी प्रधान,युवा उप संयोजक लोकराज शर्मा,संघका प्रबक्ता रन्जु थापा वाग्ले,पुर्ब प्रबक्ता डा। हेमराज शर्मा,युरोप संयोजक कुल आचार्य लगायतका अभियन्ताहरुले पनि कार्यक्रममा सहभागिता जनाउँदै छन्।
पहिलो चरणमास्( नेपाली भाषा र संस्कृति
नेपालीनेपाली डटकमले कार्यक्रमलाई दुई चरणमा बिभाजन गरेको जनाएको छ। पहिलो चरणमा ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष भिडियो रिपोर्ट प्रस्तुत गरिदै छ।
डेनमार्क,स्पेन,जर्मनी,नेदरल्याण्डस् र बेल्जियममा बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन भएका प्रयासलाई समेटेर भिडियो रिपोर्ट प्रस्तुत गरिने प्रधानसम्पादक बसन्त रानाभाटले जानकारी दिए।
दोस्रो चरण स्(युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती
दोस्रो चरणमा युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा मिडियाले प्यानल छलफल गर्दै छ। छलफल कार्यक्रममा प्यानालिष्टको रुपमा गैर आबासीय नेपालीसंघका प्रमुख संरक्षक जीवा लामिछाने,बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपाली,बीबीसी नेपाली सेवाका बरिष्ट पत्रकार भगीरथ योगी,अनलाईनखबर डटकमका सम्पादक अरुण बराल र युरोपबाट सक्रिय रुपमा कलम चलाई रहेका पत्रकार चिरन शर्मा रहेका छन्।
युरोपमा नेपाली मिडियाको एनआरएनसंगको सहकार्य, सूचना प्रविधिको विकासले मिडियासामु ल्याएको चुनौती र अवसरहरु,काठमाडौंबाट हेर्दा प्रवासी पत्रकारहरुले ध्यान दिनुपर्ने बिषयहरु,युरोपमा नेपाली मिडियाको अवस्था आदि बिषयमा छलफल तथा टिप्पणी गरिने भएको छ।
कार्यक्रममा नेपाल तथा युरोपबाट सहभागी हुने पत्रकारहरुको लागि प्यानालिष्टसँग प्रश्न तथा जिज्ञासा राख्नका लागि फ्लोर डिस्कसन पनि हुने मिडियाले जनाएको छ।
युरोपमा नेपाली पत्रकारिताको बर्तमान अबस्था,भविष्य,सम्भावना र चुनौतीलाई केन्द्रित गर्दै नेपाली समुदाय माँझ हुने छलफलले सार्थकता पाउने बिश्वास मिडियाले राखेको छ।
बीबीसीका बाताबरण संबाददातालाई सम्मान
बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिं खडका बिशेष समारोह बीच सम्मानित हुने भएका छन्। दुई दशक देखि वातावरण र जलवायु परिवर्तनबाट हिमाली क्षेत्रको जनजीविकामा परिरहेको प्रभावका सम्बन्धमा पत्रकारिताको माध्यमबाट विश्वब्यापी जागरुकता सृजना गर्न पुर्याएको योगदानको कदर गर्दै मिडियाले खडकालाई सम्मान गर्न लागेको हो।
बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशितरप्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।
गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर उनले रिपोर्ट गरिसकेका छन्। खडकाले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा  काम गरेका थिए। दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्।
गत बर्ष नेपालीनेपाली डटकमले बीबीसी नेपाली सेवाका पुर्व प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान प्रदान गरेको थियो।
युरोप बर्ष व्यक्तित्वको घोषणा
नेपालीनेपाली डटकमले हरेक बर्ष प्रदान गर्दै आएको युरोप बर्ष व्यक्तित्व सम्मान यस बर्ष पनि घोषणा गर्ने भएको छ। युरोपको नेपाली समुदायमा रही सामाजिक रुपमा काम गर्दै आएका एक जनालाई “युरोप बर्ष व्यक्तित्व” को नाममा मिडियाले सम्मान गर्दै आएको छ।
गत बर्ष देखि सुरु भएको युरोप स्तरीय कार्यक्रममा बेलायत निबासी कुल आचार्यले युरोप बर्ष व्यक्तित्वको सम्मान पाएका थिए भने पहिलो बर्षको कार्यक्रममा स्पेनका एकराज गिरी सम्मानित भएका थिए।

Share.

Leave A Reply