१७ वैशाख २०८१

प्रकाश सुन्दासको सफल सगरमाथा आरोहण (फोटो फिचर सहित)

0

२६ मे २०१६, स्विटजरल्याण्ड । नेपालका परिचित माउन्टेन गाईड प्रकाश सुन्दासले २०७४ जेष्ठ ८ गते बिहान ९:४० बजे विश्वको सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यसअधि उनले खुम्बु हिमाल, मेरा पिक, चुलु वेस्ट पिक (अन्नपुर्ण), लाङटाङ हिमाल, टेन्ट पिक (अन्नपुर्ण), रोलवालिङ हिमाल आदिका सफल आरोहण गरिसकेका छन् ।

रामचन्द्र सुन्दास र जीवनकला सुन्दासका सुपुत्र प्रकाश सुन्दास दलित वर्गका १-२ सफल आरोहिहरु मध्यका एक हुन् । पर्वतारोहण सम्बन्धि विविध उच्च तालिम र शिक्षा हासिल गरेका सुन्दास खुम्बु पासाङ ल्हामु गाउँपालिका वार्ड नम्बर २ का बासिन्दा हुन् । स्कुले शिक्षा पुरा गरे पश्चात पर्वतारोहणलाई आफ्नो पेशा बनाएका सुन्दासले स्नातकसम्मको अध्ययन पुरा गरेका छन् । सन २०१६ मा उनले युरोपको भ्रमण गर्ने क्रममा यहाँ विभिन्न कार्यक्रमहरु मा सहभागिता जनाएका थिए । सगरमाथाको सफल आरोहण पश्चात आधार शिविरबाट नेपाल स्वीस डट कम संग टेलिफनमा कुरा गर्दै सफल आरोहि सुन्दासले सफल आरोहणको क्षण अविष्मरणीय, उत्साहवर्धक र ज्यादै रोमाञ्चक रहेको बताउँदै यो आरोहणले जीवनमा प्रकृति, पर्यटन र मनवताका विषयमा अझै बढि उत्तरदायित्व बोध भएको बताए ।

Share.

Leave A Reply