१७ वैशाख २०८१

पहिलो चरणको निर्वाचनमा एमालेको अग्रता कायमै

0

स्थानीय निर्वाचन अन्तर्गत पहिलो चरणमा भएको निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ । । अहिलेसम्म घोषित परिणाम अनुसार २६३ स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जस अनुसार पहिलो स्थानमा रहेको नेकपा एमाले ११० स्थान, नेपाली काँग्रेस १०० स्थान, नेकपा माओवादी केन्द्र ४६ र अन्य ७ स्थानमा विजयी भएका छन् ।
सर्बत्र चासोको विषय भएका चार महानगरपालिकामा भने मतगणना अझै जारी रहेको छ । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका विद्या सुन्दर शाक्यले अग्रता कायम राखेका छन् भने पोखरा लेखनाथ महानगरपालिकामा पनि एमालेले नै अग्रगता लिईरहेको छ । त्यसैगरी भरतपुर महानगरपालिकामा पनि थोरै मतले एमालेले नै अग्रता लिएको छ भने उक्त ललितपुर महानगरपालिकामा भने नेपाली काँग्रेसको अग्रता रहेको छ ।
ललितपुरमा काँग्रेस अगाडि रहेको छ ।

Share.

Leave A Reply