१९ वैशाख २०८१

बिपी पुत्र शशांक बेल्जियम आउँदै

0

डिल्ली राम अंमाई, बेल्जियम। मार्च ५ तारिख बेल्जियमको आन्त्रोपेन शहरमा नेपाली जनसम्पर्क समिति, बेल्जियमको चौथो अधिवेशन हुन गैरहेको समितिका अध्यक्ष सुबाश जोशीबाट जानकारी आएको छ ।  अधिवेशनको प्रमूख आतिथ्यता नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइराला आउने लगभग पक्का भएको छ। उहाँसँगै केन्द्रीय प्रतिनिधिको रुपमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे विशेष अतिथि भएर आउने कुरा नेता जोशीबाट थाहा भयो।

चौथो अधिवेशन सम्पन्न गर्नको लागी जनसंपर्क समिती बेल्जियमले जिम्मेवारीहरु बाँडफाँड गर्न बिबिन्न समितिहरु बनाएको छ। समितिका प्रवक्ता सुभास गुरुङले प्रेषित गरेको विज्ञप्तिका अनुसार, साधारण सदस्यता वितरण समिति, बिधान मस्यौदा समिति, अधिवेशन व्यवस्थापन समिति, निर्वाचन समिति लगायतका समिति गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। त्यसैगरि सदस्यता वितरण समिति संयोजक अनुजा प्रधानको नेतृत्वमा बिभिन्न क्षेत्ररुका वितरण समितिले सदस्यता वितरण कार्य सम्पन्न गरि समितिलाई १३३३ जना साधारण सदस्यको सूची सम्बन्धित समितिलाई बुझाइ सकेको जानकारीमा आएको छ।

मार्च १२ का दिन बेल्जियमका बिभिन्न क्षेत्र आन्त्रोपेन, ओष्ट भ्लान्दारेंन अन्तर्गत ब्रुगे, ब्रसेल्स र लुभेन मतदान क्षेत्र तोकी निर्वाचन संयोजक ईन्द्र क्षेत्रीको संयोजनमा बिभिन्न सदस्यहरु रहने गरि निर्वाचन प्रकृया अगाडी बढाउने व्यवस्था मिलाईएको जनाइएको छ। समितिले आफ्ना सबै सदस्यहरुलाई मार्च १२ मा हुने निर्वाचनमा आ-आफ्नो मत मार्फत जन संपर्क समितिको नेता चुन्ने छन।

अहिले चुनाबी मैदानमा एन आर एन ए का पुर्व महासचिब माधव सापकोटा र चितवन क्याटकी संस्थाप अध्यक्ष सिता सापकोटा देखिएका छन। उनिहरु दुबै जन संपर्क समितिका ससक्त र सकृय नेत्रित्व भए पनि अरु पनि नेत्रित्वको लागि आउन सक्ने सम्भावनालाई नकार्न सकिने अवस्था छैन । हुनत यहाँ गंगाधर गौतम, ईन्द्र पकवान,राम बहादुर थापा, एकेन्द्र श्रेष्ठ,गोबिन्द शर्मा र ध्रुब पौडेल जस्ता परिपक्व र दुरदर्शी नेताहरु भएकोले सहमतिको सम्भावनालाई नकार्दैनन दामन तमाङ लगायत धेरै जन संपर्क प्रती आस्थावानहरुले। केहीले युरोप हाँक्न सक्ने नेता बेल्जियममा छन भन्दै सकेसम्म अध्यक्षमा सहमति र नभए अध्यक्ष बाहेकमा सहमति गराउने विश्वाश ब्यक्त गरे । अन्तिम बिक्ल्प र कार्यकर्ताको मन जित्ने सुन्दर बिकल्प निर्वाचन नै भएकोले डराउनु नपर्ने बताए ।समेत उनको बिचार  छ , उनले हाँस्दै थप्छन “कहा पोखियो आफ्नै थालमा “।  उनिहरुको गुनासो छ नेपालका नेता र गुठ भन्दा राष्ट्र र पार्टी नितीको पछी लागे हुने थियो यो पटक त्यो भुल हुन दिदैनन कि यहाँका नेत्रित्वले ? उत्साहित हुँदै उनले थपे “… किनकी अहिलेको नेत्रित्वसँग प्रगतिशिल मोर्चा देखी राप्रपा समेत सम्पूर्ण बेल्जियमका राजनैतिक भात्री संगठनहरुको संयुक्त मोर्चा बनाइ नेत्रित्व र सहकार्य गरेको अनुभब छ । जसमा बर्तमान अध्यक्ष सुबाश सर्बाधिक सफल पनि भए । त्यसैले हामी डराएका छैनौ प्रकृयामा जानलाई किनकी हाम्रो संगठन प्रती पूर्ण विश्वाश छ ।”

Share.

Leave A Reply