२१ वैशाख २०८१

दुबईमा ३५ औं मगर दिवस मनाइने

0


लालबहादुर ढेंगा, दुबई, युएई।

आगामी २४ फेब्रुअरी २०१७ का दिन दुबईको ईम्पिरियल सुईट होटलमा विगतमा जस्तै यसपालि पनि ३५ औं मगर दिवस भव्य रुपमा मनाइने भएको छ । नेपाल मगर संघ युएई शाखाको आयोजनामा प्रथम शहीद लखन थापा मगरको १४० औं स्मृति दिवस तथा विविध सांगीतिक कार्यक्रम मनाउन लागिएको हो ।
प्रवासको भूमिमा पनि सम्पूर्ण मगरहरुलाई ऐक्यबद्ध गर्दै मगरहरुको कला, संस्कृति, मौलिक भाषा र भेषभुषाहरुको जगेर्ना गरेको पाईन्छ । दैनिक आ–आफ्नो ड्यूटीका बावजुद पनि परिआउने समस्याहरुको समाधान गर्दै नेपाल मगर संघ यूएई शाखाले लगभग ५० हजार मगरहरुको नेतृत्व गर्दै आएका छ । स्थापनाकालदेखि अन्य संघ संस्थाहरुसँग समेत सहकार्य गर्दै मगरहरुको उत्थान कार्यमा आफूलाई समर्पित गर्दै आएका छन् । गत महिना मात्र माघे संक्रान्ति मनाएका उनीहरुले आउने २४ फेब्रुअरीका दिन पुनः दुबईलाई संगीतमय बनाउने भएका हुन् ।
सो अवसरमा नेपालबाट आउने अतिथि नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरको बिशेष उपस्थिति र अतिथि कलाकार मोडल तथा नृत्यगना आरुषी मगरका साथ स्थानीय ख्यातिप्राप्त कलाकारहरुको वेजोड प्रस्तुतिहरु रहने छ । उक्त कार्यक्रममा बिशेषगरी मगरहरुको संस्कृति झल्कने खालका प्रस्तुतिहरुका साथै मौलिक भेषभुषामा सजिएको देख्न पाईने छ । युएईस्थित सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारको आधारमा महासचिव एच.बी. मगरले उपस्थितिका लागि निमन्त्रणा समेत गरेका छन् ।

Share.

Leave A Reply