१८ वैशाख २०८१

प्रवासी नेपाली एकता समाज युरोपको आयोजनामा २९५ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सम्पन्न

0

प्रवासी नेपाली एकता समाज युरोप र बेल्जियमको संयुक्त आयोजनामा गरिएको २९५ औ पृथ्वी जयन्ती तथा एकता दिवस कार्यक्रममा बोल्दै पूर्व मन्त्रि रेशम लामाले रास्ट्र निर्माता पृथ्वी नारायण शाहकै कारण अहिले आफु नेपाली हुन पाएको बताएका छन। ‘पृथ्वी नारायण शाहकै कारण आज हामी सबैले नेपाली भन्न पाएका छौँ।’

‘गान्धीको समाधिस्थलमा ३ मिटर परै जुत्ता फुकालेर नमस्कार गर्ने हाम्रा नेताहरुले किन आफ्नै देशका रास्ट्र निर्माताको शालिक भत्क्याउदै इतिहास मेट्दै हिडिरहेका छन? यी सबै आयातित कारण नै देशले दिन प्रतिदिन दुख भोगिरहनु परेको छ।’ उनले अगाडी थपे ‘गान्धीलाइ जुत्ता फुकालेर नमस्कार गर्ने, पृथ्वीनारायण शाहलाइ बहिष्कार गर्ने यो कस्तो लोकतन्त्र?’ वेल्जीयम पुगेका पुर्व मन्त्रि रेशम लामाले यो भनिरहदा पूरै मंच तालीले गड गडगडाएको थियो। काय्रकममा सबैज राजनैतिक दलका समर्थित सदस्यहरुको उपस्थिती थियो।

कार्यकर्ममा बोल्दै सहभागी बोधराज पौडेलले पृथ्वी नारायण शाहले एकीकरण गरेकै कारण अहिले नेपाल र नेपालीको अस्तित्व रहेको प्रस्ट पारेका थिए। एमाले निकट रहेका पौडेलले अहिलेको स्थितिमा देश बचाउनको लागि विदेसी विरुद्ध नेपाली भएर लाग्नुपर्ने र विदेशमा रहेका सबै रास्ट्र्बादी नेपालीहरु एक हुन पर्ने बताएका थिए। बेल्जियममा भयको उक्त कार्यकर्ममा युरोपका अन्य धेरै देशहरुबाट नेपालीहरुको सहभागिता रहेको थियो।

कार्यक्रम प्रवासी नेपाली एकता समाज युरोपका अध्यछ्य सुरेन्द्र अमात्यको सभापतित्वोमा सम्पन्न भएको थियो भने , गैरआवासिय नेपाली संघका केन्द्रय सचिव अर्जुन कुमार श्रेष्ठ , गैरआवासिय नेपाली संघ नेदरल्यान्ड्स का अध्यछ्य हिमाल गुरुङ , गैरआवासिय नेपाली संघ बेल्जियमका अध्यछ्य गंगाधर गौतमले  राष्ट्र निर्मातालाई सम्मान गर्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो। तेसैगरी प्रवासी नेपाली एकता समाज बेल्जियमका कार्यबहाका अध्यछ्य दिपेन्द्र के सि ले स्वागत मन्तब्य राख्नु भएको थियो भने प्रवासी नेपाली एकता समाज यु के  का अध्यछ्य रोशन सापकोटा  , प्रवासी नेपाली एकता समाज स्कोटल्यान्डका अध्यछ्य भुपाल कार्की लगाएतका बक्ता हरुले  नेपाल राष्ट्र निर्माणमा पृथ्वी नारायण शाहाको योगदान का  बारेमा चर्चा गर्नु भएको थियो। कार्यक्रम प्रवासी नेपाली एकता समाज युरोपका महामन्त्रि बिक्रम बानियाले संचालन गर्नुभएको थियो।

प्रवासी नेपाली एकता समाज युरोप

Share.

Leave A Reply