१४ वैशाख २०८१

अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल “विकास रनिङ शिल्ड – २०७३” को परिचय गीत सार्वजनिक

0

१६ अक्टोबर २०१६, स्विटजरल्याण्ड । यहि २०१६ अक्टोबर १७ देखि ३० तारीखसम्म नारायणगढ, चितवनको क्याम्पा चौरमा आयोजना हुने अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल “विकास रनिङ शिल्ड – २०७३” प्रतियोगिताको “चितवनको माटो भन्छ आउ खेलाडी” बोलको परिचय गीत सार्वजनिक भएको छ । चितवनका परिचित कवि एवं गीतकार प्रभात कुमार जोशिको शब्द रहेको उक्त्त गीतका संगीतकार सहन प्रधान रहेका छन् । सहन प्रधान र मिना सिंहको स्वर रहेको उक्त्त गीत तल प्रस्तुत गरिएको छ ।

यस पटको प्रतियोगितामा नेपालका “ए स्तर” का फुटबल टिमहरु, विभिन्न विभागिय फुटबल टिमहरु र भारतबाट चार वटा टिमहरु सहित १४ वटा टिमहरुको सहभागिता रहने भएको छ । खेलप्रेमी एवं विश्लेषकहरुले यस प्रतियोगिताका खेलहरु रोमान्चक एवं प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

Share.

Leave A Reply