१५ वैशाख २०८१

नवौं एनआरएनए सम्मेलनको भब्य तयारी, पूर्व सभामूख नेम्वाङ प्रमुख अतिथि

0

१५ अगष्ट २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघको ९वौं क्षेत्रीय सम्मेलन यहि अगष्ट महिनाको २७ र २८ तारीखमा अमेरिकाको न्यू जर्सीमा “NRNA VISION 2020 & BEYOND” नाराका साथ आयोजना हुँदैछ। उक्त्त सम्मेलनलाई पूर्व सभामुख सुवास नेम्वाङले प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्ने छन्। सम्मेलनमा गैर-आवासीय नेपाली संघका अध्यक्ष शेष धले, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्ष एवं प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष द्वय भवन भट्ट र कुमार पन्त, महासचिव डा. बद्रि केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी लगायतका संघका अन्य अभियन्ताहरुको सहभागिता रहने भएको छ। यसैबीच सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको र गर्नु पर्ने सबै तयारीहरु पुरा भएको क्षेत्रीय मिडिया संयोजक (द अमेरिकाज) कृष्ण के सी द्वारा संप्रेषित कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ।

गैरआवासीय नेपाली संघको मुख्यालय बनाउन आर्थिक सहयोग गर्ने

आयोजकहरुले सम्पुर्ण गैर-आवासीय नेपालीहरुलाई सहभागी बनि सम्म्मेलनलाई सफल बानउन अनुरोध गरेका छन्। सम्मेलनका लागि दर्ता शुल्क प्रति ब्यक्त्ति २०० अमेरिकन डलर राखिएको छ। यस आधारमा यो सम्मेलन सम्भवत गैर-आवासीय नेपाली संघको सबैभन्दा महँगो दर्ता शुल्क राखिएको सम्मेलन हो। तर आयोजकहरुले सम्मेलनबाट बचत हुने अर्थ एनआरएनए मुख्यालय बनाउनको लागि लगानि गरिने बताएका छन्। यसै कार्यनीति अनुसार संकलित कार्यक्रम प्रायोजनमा  हालसम्म २ करोड नेपाली रुपैया भन्दा धेरै रकम घोषणा भैसकेको र त्यस मध्ये धेरै रकम जम्मा पनि भैसकेको क्षेत्रीय मिडिया संयोजक के सी को प्रतिवेदनमा उल्लेख छ।

एनआरएनए भिजन २०२०

नवौं एनआरएन क्षेत्रीय सम्मेलनको नारा “NRNA VISION 2020 & BEYOUND” राखिएको छ। यस नारालाई नै सम्मेलनको मूल छलफलको विषय बनाउँदै गैर-आवासीय नेपाली संघको ईतिहास, यसको विकासक्रम, कार्यनीति, संस्थागत संरचना र लक्ष्यहरू को पुनराबलोकन गर्दै संघका नयाँ चुनौतिलाई संबोधन गर्ने गरी ति विषयहरुमा दिर्घकालिन प्रभावका निर्णयहरु गरिने अपेक्षा गरिएको छ। ति निर्णयहरुले आगामी दिनमा एनआरएनए कसरी अगाडि बढछ भन्ने कुरा निर्धारण गर्ने विश्वास गरिएको छ।  

Share.

Leave A Reply