१४ वैशाख २०८१

एनआरएनए मध्यपूर्व क्षेत्रको पाँचौं क्षेत्रिय बैठक सम्पन्न

0

२३ जुलाई २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ, मध्यपूर्व क्षेत्रको पाँचौं क्षेत्रिय बैठक २१ – २२ जुलाईमा एनआरएनएका अभियन्ताहरुको बृहद सहभागितामा कतारमा सम्पन्न भयो। कार्यक्रममा संघका अध्यक्ष शेष धले, उपाध्यक्ष द्वय कुमार पन्त र भवन भट्ट, महासचिव डा. बद्रि के.सी. र महिला संयोजक सपिला राजभण्डारी लगायतका गैर-आवासिय नेपाली ब्यक्त्तित्वहरुको उपस्थिति रह्यो। कार्यक्रमको उदधाटन सत्रमा बोल्दै संघका अध्यक्ष घलेले संघका राष्ट्रिय समन्वय परिषदहरु आर्थिक रुपमा पारदर्शि हुन पर्नेमा जोड दिएका छन्। आफ्नो मन्तब्यका क्रममा उनले भने: “हरेक राष्ट्रिय परिषदले आफ्नो आर्थिक विवरणलाई अडिट गरी अन्तर्राष्ट्रिय समन्वय परिषदलाई पठाउनु पर्छ।“ कार्यक्रमका प्रमुख अतिथि कतारका कार्यबाहक राजदूत मणिरत्न शर्माले राजदूतावासले गैर-आवासिय नेपाली संघसंग सहकार्य गरिरहेको बताएका छन्।

कार्यक्रममा उपाध्यक्ष कुमार पन्तले बैठकको सफलताको कामना गर्दै मध्यपूर्व क्षेत्रबाट नेपालमा घरजग्गामा  बढि लगानी भईरहेकोमा उत्पादनमूलक योजना र ब्यापार-ब्यवशायमा लगानी गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका छन्। त्यसैगरी मध्यपूर्व क्षेत्रमा नै पनि गैर-आवासिय नेपालीहरुले लगानी गरी नेपालीहरुको आर्थिक स्तर उकास्न सकिने बताउँदै मध्यपूर्व क्षेत्रबाट नेपाल पर्किएका नेपालीहरुको शिप र पुँजीलाई ट्याप गर्न नेपाल सरकारले एक प्रभावकारी कार्यनीति तयार गरी अघि बढ्नु पर्ने सुझाब दिए। यसै क्रममा संघका महासचिव डा. बद्रि के.सी. ले गैर-आवासिय नेपाली संघका बैठक र सम्मेलन हरुका घोषणा-पत्रहरुको कार्यान्वयन हुनु पर्नेमा जोड दिंदै संघले पुराना घोषणा-प्रत्रहरुको पनि कार्यान्वयन गर्ने विचार राखे। कार्यक्रममा मध्यपूर्वका राष्ट्रिय समन्वय परिषदहरुको प्रगतिविवरणहरु, सुरक्षित बैदेशिक रोजगार, मध्यपूर्वमा ब्यापार-ब्यवशायको अवसर, हजारे अभियान, बैदेशिक रोजगारका शिलशिलामा नेपालीहरुले सामना गर्नु पर्ने विविध समस्याका विषयमा पनि छलफल भएको समाचार प्राप्त भएको छ। गैर-आवासिय नेपाली संघका क्षेत्रिय बैठकको समापनमा सम्बन्धित क्षेत्रको कार्ययोजनालाई दिशानिर्देश गर्ने गरी सहभागी राष्ट्रिय परिषदहरु र आईसिसि सदस्यहरु सहभागि विभिन्न छलफलहरुको निचोड स्वरुप एक घोषणा-पत्र निकाल्ने प्रचलन छ। 

गैर-आवासिय नेपाली संघ, कतारका सल्लाहकार एवं भूतपूर्व उपाध्यक्ष कुमार कार्किका अनुसार मध्यपूर्व क्षेत्रका सात राष्ट्र सहित जर्मनि, रसिया, जापान, यूके र अष्ट्रेलियाबाट २५० भन्दा बढिको कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रम भब्यरुपमा सम्पन्न भएको बताउँदै उनले यस पटकको क्षेत्रिय बैठकमा कर्मचारी संचय कोषका सिईओ र बैदेशिक जगार बोर्डका डाईरेक्टर जेनेरलको पनि उपस्थिती रहेको बताए।

फोटो स्रोत: नेपाली नेपाली डट कम

13710044_1439996666016914_8477240518531092763_n 13680873_1440029379346976_6551236282974423734_n 13690583_1440029616013619_8268236563772604906_n

Share.

Leave A Reply