१४ वैशाख २०८१

ब्रुजमा स्नुकर टुर्नामेन्ट भब्यरुपमा सम्पन्न

0

गत मे १६ का दिन बेल्जियमको ब्रुज़मा हाम्रो क्लबले  “बेल्जियमब्यापी स्नुकर टुर्नामेण्ट”को आयोजना गर्यो।  बिभिन्न चरणमा सम्पन्न भएको यस टुर्नामेण्टमा बेल्जियमका ल्युभेन निबासी कृष्ण अधिकारीले प्रथम स्थान हासिल गरेका थिए भने क्रमश जीवन गुरुङ् र  समित गुरुङ  ले फस्ट रनर अप र सेकेण्ड रनर अपको उपाधि जितेका थिए। टुर्नामेण्टमा सबैभन्दा बढि अंक ल्याउने पुकार गुरुङ  Highest Breakको उपाधि हातपार्न सफल भए।
३२ जना खेलाडिहरु बिच भएको यस प्रतिष्पर्धालाई एन आर एन ए केन्द्रिय सचिब श्री अर्जुन कुमार श्रेष्ठले स्नुकर बल खेलेर उद्घाटन गर्नुभएको थियो ।
प्रथम हुने खेलाडीले ३०० युरो  रकम ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने द्वितीय र तृतिय हुने खेलाडीले क्रमस: २०० युरो र  १०० युरो रकम, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
बेल्जियमको विभिन्न शहरबाट प्रतिष्पर्धामा भाग लिन ब्रुज़ आएका सम्पूर्ण खेलाडीहरुलाई  पनि हौसला स्वरूप प्रमाणपत्र प्रदान गरिएको थियो।
बिजेताहरुलाई ट्रफी र रकम  क्लबका अध्यक्ष रमेश कडेल र एनआरएनए बेल्जियमका अध्यक्ष श्री गंगाधर गौतम, नेपाली ब्यावसायी संघ बेल्जियमका संस्थापक अध्यक्ष श्री राधाकृष्ण अधिकारी सम्युक्त रुपमा प्रदान गर्नुभएको थियो। यस प्रतियोगितामा सबैभन्दा धेरै अंक प्राप्त गर्ने खेलाडीलाई एनआरएनए केन्द्रिय संरक्षक दिल गुरुङले ट्रफी प्रदान गर्नु भएको थियो । बेल्जियमका अन्य गन्यमान्यहरुले पनि विजेता खेलाडिहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।
यस टुर्नामेण्टलाई सफल बनाउन बेल्जियमका विभिन्न संघसंस्थाका पदाधिकारीहरु र  व्यापारीहरु तथा समाजसेवीहरुले आर्थिक सहयोग गरेका थिए। सम्पूर्ण प्रायोजक र सहयोगीहरुलाई अध्यक्ष रमेश कडेलले समानस्वरूप प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
यस टुर्नामेन्टको प्रथम पुरस्कार र ट्रफीको प्रायोजन एनआरएनए बेल्जियम, दोश्रो पुरस्कार नेपाली ब्यावसायी संघ बेल्जियम र तेस्रो पुरस्कार ईनास युरोप , खाजाको प्रयोजक अर्जुन कुमार श्रेष्ठ , पेयपदार्थको प्रायोजक युरो सुपरमार्केट प्रो शिब कुमार बरुवाल ले गर्नुभएको थियो। खेलाडीहरुको लागि पिउने पानिको ब्यावस्था नेपाली ब्यावसायी संघ बेल्जियमका कोषाध्यक्ष तथा ब्रुजको पुरानो नेपाली ब्यवसायी श्री घनश्याम काफ्लेले गर्नुभएको थियो ।
यसैगरी आर्थिक सहयोग गर्नेहरुमा सिता सापकोटा , सरस्वती चापागाई , पदम गुरुङ , दिल गुरुङ, सुर्या श्रीकृष्ण श्रेष्ठ हुनुहुन्छ । यस्तै गरेर यो कार्यक्रमको सफलताको लागि आर्थिक तथा विविध सहयोग गर्ने संस्थाहरुमा तमु समाज बेल्जियम, ईन्द्र धनुष क्लब लुभेन , ONF लुभेन , सोल्टी VZW अन्त्वेर्पेन्, NBYC, ठकुरी समाज बेल्जियम, हिमालयन सोसाईटी सिन्त्रैदिन, नेपाली समुदाय ओस्टन्डे तथा एभरेष्ट नेपाली समाज ब्रुगे रहेका थिए ।
यस टुर्नामेन्टलाई सफल बनाउनको लागि आन्त्वार्पेन निवासी सच्चा महाविर कार्की र विकाश गुरुङ लुभेन निवासी कृष्ण अधिकारी र जिवन तमुले विशेष सहयोग गर्नुभएको छ ।
खेलको अन्त्यमा क्लबका अध्यक्ष रमेश कडेलले बिजेता खेलाडिलाई बधाइ र  उपस्थित सबै खेलाडिलाई धन्यवाद दिंदै  आगामी वर्ष जुन ५  ,२०१७ मा फेरि स्नुकर टुर्नामेन्ट -२ को आयोजना गर्ने बताउनु भयो । सो अबसरमा एनआरएनए बेल्जियमका अध्यक्ष गंगाधर गौतमले यस्तो खालको टुर्नामेन्ट नौलो भएको र खेलकुदले नै नेपालीहरुलाई एकताको सुत्रमा बाध्ने काम गर्ने बताउनुहुदै आफ्नो तर्फबाट र एनआरएनए बेल्जियमको तर्फबाट युवाहरुको खेलकुद विकास गर्न र खेलकुद कार्यक्रमगर्न सक्दो सहयोग गर्नेकुरा राख्नु भयो । र आगामी वर्षहुने टुर्नामेन्टलाई पनि सहयोग गर्ने बचन दिनुभयो ।
जर्मन निवासी एनआरएनए केन्द्रिय संरक्षक दिल गुरुङले “म बेल्जियम ओहोर दोहोर गरेको यतिका वर्षमा पनि यति धेरै नेपाली युवाहरु एकै ठाउँमा जम्मा भएर मिलीजुली अनुशासित भएर खेलेको नदेखेको बताउनुहुदै यस टुर्नामेन्टले युवाहरुलाई एकै ठाँउमा ल्याएकोमा म एकदमै खुसी छु ।” भन्नुहुदै तत्कालै हाम्रो क्लबलाई आर्थिक सहयोग पनि गर्नुभयो ।

Share.

Leave A Reply