१५ वैशाख २०८१

सबैसंग छलफल गरेर प्रष्ट भएपछिमात्रै प्रधानमन्त्री भारत भ्रमणमा जानु पर्छः केसी

0

????????????????????????????????????
काठमाडौ, २८ माघ । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमणको एजेण्डाको विषयमा कुनै निर्णय गर्नु अघि सबैसंग छलफल गरेर मात्रै धारणा बनाउनु पर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले प्रधानमन्त्री समग्र नेपालको नेतृत्व लिएर भारत भ्रमणमा जानु पर्ने भन्दै भारतले पनि नेपालको जटिलता र स्वाभिमानलाई गंभिरतापूर्वक लिनु पर्ने बताए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा केसीले भारतसंगको सम्बन्ध मुलुकको राष्ट्रियतालाई आत्मसाथ गरेर आगडि बढाउनु पर्ने भन्दै अहिलेसम्म भएको सम्झौता कार्यान्वयनमा ध्यान दिनु पर्ने बताए ।
उनले दिवंगत पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएकोले त्यसको कार्यन्वयनको जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै अब कोइरालाको त्याग, निष्ठाको भावनालाई आत्मसाथ गर्दै १३ औ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनु पर्नेमा जोड दिए ।
कोइरालाको निधनको सन्र्दभमा उठेको प्रश्नमा केसीले नियतबस नभएको भएपनि परिस्थिति वा केही लापरवाहीको कारणले दुर्घटना भएको हुन सक्ने आशंका ब्यक्त गरे ।
सरकारले नेपाल भारत सम्बन्ध सुमधुर बनाउन गठन गरेको विज्ञ समूहका सदस्य डा. राजन भट्टराईले १९५० सहितका असमान सन्धी सम्झौत र सीमा विवादका कुरा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामि भारत भ्रमणमा उठाउनु उपयूक्त नहुने बताएका छन ।
उनले भने,’ सरकारले गठन गरेको प्रबुद्ध ब्यक्तित्वहरुको समूह १९५० देखिका असमान सन्धी पुनरावलोकनसहित नेपाल भारत सम्बन्ध २१ औं शताब्दी सुहाउंदो बनाउन सुझाव दिन गठन भएको हो । त्यसले प्रक्रिया अगाडि बढाईसकेको छ । दुई नेतावीच यस्ता कुरा गर्नु उपयूक्त हुंदैन ।’
भट्टराईले प्रधानमन्त्रीको भ्रमणको एजेण्डामा राजनीतिक र दिर्घकालिन प्रकृतिका विषयहरु भएको भन्दै दुई देशवीचको ब्यापार सहज बनाउने, नेपालको आर्थिक विकासमा भारतको सहयोग लिने, विगतमा सहमति भएका तर कार्यान्वयन नभएका योजनालाई छिटो अगाडि बढाउने र पुनर्निर्माणकोलागि भारतले घोषणा गरेको सहयोग कुन कुन परियोजनामा खर्च गर्ने भन्ने विषयमा छलफल हुने जानकारी दिए ।
भारतसंगको सम्बन्धमा देखिएको असहजता अन्त्य हुनुपर्छ भन्ने चाहना सबैको रहेको भन्दै नाकाबन्दीको अन्त्यसंगै सम्बन्धमा सहजता आउन थालेको उनले बताए ।
भट्टराईले भने,’ हाम्रो कारणले नाकाबन्दी भएको होईन । असहजतामा सम्बन्ध सहज हुन सक्दैन थियो । अब नाकाबन्दीको अन्त्यसंगै आशा बढेको छ ।’
एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले भारतले नेपालमाथि गरेकेा नाकाबन्दीको विषयमा जवाफ दिनु पर्ने भन्दै त्यसपछि मात्रै सम्बन्ध सुमधुर बन्ने विश्वास ब्यक्त गरे ।
उनले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा नेपाल भारत सम्बन्धलाई थप सुनिश्ति गर्ने गरी कुरा उठाउनु पर्ने भन्दै ब्यापार बाणिज्यलाई सरल बनाउने र भुपरिबेष्ठित मुलुकको अधिकार बाधित हुन नदिने विषयमा कुराकानी गर्नु पर्ने बताए ।
शर्माले भने,’ दुई मुलुकको सम्बन्धमा देखिएको दरार कम गर्ने गरी भ्रमण गर्नु पर्छ । खोस्रेर होईन चिल बनेर समस्याको समाधान गर्नु पर्छ ।
उनले प्राविधिक र ब्यूरोक्रेटिक सम्बन्धले राजनीतिक सम्बन्धमा दरार पैदा गरेको भन्दै नेपाल र भारतवीच सुमधुर सम्बन्ध बनाउन राजनीतिक सम्बन्धलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।
शर्माले भने,’राजनीतिले जनस्तरसम्मको सम्बन्ध ब्यवस्थित गर्ने भएकोले राजनीतिक सम्बन्ध विस्तारमा ध्यान दिनु पर्छ ।’
उनले मधेसको समस्या टेवलमा बसेर संबोधन गर्नु पर्ने भन्दै राजनीतिक विश्वास कायम गरेर संबैधानिक आधारमा समस्या समाधान गर्नु पर्ने बताए ।
केसीले सुशील कोइरालाको रुपमा सुकिला छवि र निष्ठाबान ब्यक्तित्व गुमाउनु राष्ट्रकै लागि क्षति भएको भन्दै लक्ष्यमा निरन्तर लाग्ने उहांको स्वभावबाट नेपाली नेताहरुले पाठ सिक्नु पर्ने बताए ।
उनले काग्रेसको १३ औं महाधिवेशनमा सबै दलले सहयोग गर्नु पर्ने राष्ट्रको समस्या समाधान गर्न सक्ने सक्षम नेतृत्वको चयनको सुभकामना दिए ।
परराष्ट्रविद्ध डा. निश्चल नाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणमा नयां सूचि बोकेर जानु भन्दा पनि पुरा नभएका पुराना एजेण्डा नै कार्यान्यवयनमा जोड दिनु पर्ने बताए ।
उनले भने,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउंदा सामूहिक प्रतिबद्धतामा परेका विषयहरु खोतल्नुपर्छ । नयां एजेण्डा ल्याउन आवश्यक छैन । भारतले दिने एक अर्व सफ्ट लोनको प्रोजेक्ट दिनु पर्छ । रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण, सब रिजनल कोअपरेसन, बीबी आईएन, विमानस्थल निर्माण जस्तो विषयहरुमा सहकार्य गर्नु पर्छ । ‘
पाण्डेले प्रबुद्ध बर्ग निर्माणमा भारतको पनि ध्यान आर्कषित गर्नुपर्ने भन्दै भारतसंगको सम्बन्ध सुधारमा देखिएको लविङ कमजोरीलाई हटाउन काम गर्नु पर्ने बताए ।
उनले भने,’ सर्वपक्षीय लविङ गर्नु पर्छ । त्यसमा पछि पर्नु हुंदैन, अब नयां दिल्ली मात्रै होईन छिमेकी लखनउ, कोलकाता, पटना संग पनि सम्बन्ध बनाउने गरी नीति बनाउनु पर्छ ।’
पाण्डेले लविङ गर्न नयां दुतावास खोल्नु भन्दा भएका दुतावासहरुलाई सुदृढ बनाउनु पर्ने मा समेत जोड दिए ।

Share.

Leave A Reply