१४ वैशाख २०८१

सडक सुरक्षा सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन शुरु

0

नेपालमा दैनिक भईरहेका सडक दुर्घटना र त्यसको प्रभावलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ सडक सुरक्षा सम्बन्धी दुई दिने राष्ट्रिय सम्मेलन शुरु भएको छ ।
आइतबार राजधानीको दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको उक्त सम्मेलन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मंत्रालय, नेपाल ईन्जिनियर्स एशोसिएसन, गैर आवासीय नेपाली संघ, तथा ट्राफिक प्रहरी निर्देशनालयको संयुक्त आयोजनामा भईरहेको छ ।

?

सम्मेलनको उद्घाटन प्रमुख अतिथी माननीय उपप्रधानमन्त्री विजय कुमार गच्छदारले गरेका थिए । सम्मेलनको उद्घाटन शत्रमा विशिष्ट अतिथीको रुपमा माननीय स्वास्थ्य मन्त्री दीपक बोहरा र माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीर बहादुर वलायर समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सम्मेलनमा गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्ट तथा संघीय मामिला तथा स्थानीय विकास मंत्रालय, भौतिक पूर्वाधार, तथा यातायात मंत्रालय, स्वास्थ्य मंत्रालयका सचिवहरु तथा अन्य विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको अतिथिको रुपमा उपस्थिति रहेको थियो ।

नेपाल सरकार मातहतका निकायहरु सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, एवं स्वास्थ्य मंत्रालय,विश्व स्वास्थ्य संगठन, संघीय मामिला तथा स्थानीय विकास मंत्रालय, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग(डोलिडार), नेपाल उद्योग परिसंघ, नेपाल निर्माण व्यवसायी महासंघ, भगत मेटल प्रा.लि लगायत अन्य थुप्रै सम्बद्ध सरकारी तथा नीजि क्षेत्रमा कार्यरत सरोकारवाला निकायहरुविचको समन्वय तथा सहकार्यमा उक्त सम्मेलनको आयोजना भएको उक्त सम्मेलन जनवरी २१ र २२ दुई दिनसम्म चल्नेछ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा Road Safety Management, Safer Road & Mobility, Safer Vehicles, Safer Road –Users र Post-Crash Response गरी ५ वटा Theme हरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विज्ञहरुबाट कार्यपत्रहरु प्रस्तुत गरिनेछ जसमा करिब २५ वटा कार्यपत्रहरु प्रश्तुत हुनेछन् ।

?

उक्त सम्मेलनको पहिलो दिन आईतबार गैर आवासीय नेपाली संघ र नेपाल ईन्जिनियरर्स एशोसिएशनका बीच सडक सुरक्षा सम्बन्धमा नेपालमा संयुक्त रुपमा कार्य गर्ने उद्देश्यका साथ एक सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । दुई संस्थाबीच भएको उक्त सहमति पत्रमा एनआरएनका तर्फबाट अध्यक्ष भवन भट्ट तथा एशोसिएशनका तर्फबाट अध्यक्ष ई हरेराम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Share.

Leave A Reply