१५ वैशाख २०८१

सिंचाइ मन्त्रीद्दारा पानी अभियानलाई शुभकामना व्यक्त

0

सिंचाइ मन्त्री दीपक गिरीले पानी अभियानको  नारा सफल होस् र यो अभियानले सार्थकता पाओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।  हरेक घर धारो हरेक गाउँ सिंचाइ नारालाई  आत्मसाथ गर्दै आफ्नो तर्फबाट ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।
पानी अभियानमा अब बिस्तारै  सबै तात्न लागेको जानकारी काठमाडौबाट बिकास घले गुरुङले गराउनु भएको छ । मन्त्रीको शुभकामना सन्देश भिडियोमार्फत प्राप्त गरिसके पछि पानी अभियानकर्ताले आभार प्रकट गरे ता पनि जबसम्म नारा सफल हुने सुनिस्चित हुँदैन तबसम्म संघर्ष गरिरहने जानकारी गराएका छन् ।
स्मरण रहोस् नेपाल सरकारबाट सिंचाइ मन्त्रीको उक्त शुभकामनाले पानी अभियानले अब बिस्तारै बालुवाटार एवम सिंहदरबार पनि चर्चा पाउन लागेको विश्वास गरिइएको छ ।

पानी अभियानलाई शुभकामना सन्देश जारी गर्दै सिंचाइ मन्त्री श्री दीपक गिरी

Share.

Leave A Reply