१९ वैशाख २०८१

एनआरएन केन्द्रीय उपाध्यक्ष भट्ट लाई बेल्जियममा स्वागत

0

१८ नोभेम्वर, बिष्णु सापकोटा, बेल्जियम। गैर आवसिय नेपाली संघ बेल्जियमको आयोजनामा गत बुधबारका दिन   बेल्जियमको आन्त्रोपेन शहरमा अवस्थित नेशनल होटलको सभा हलमा गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद्का उपाध्यक्ष भट्टको स्वागतार्थ छलफल तथा रात्रि भोज कार्यक्रम संपन्न भएको छ ।

गोर्खा समाज बेलायतको निमन्त्रणामा बेलायत आएका भट्ट यूरोपका बिभिन्न देश भ्रमण तथा भेटघाट कार्यक्रम संगै गैर आवासीय नेपाली संघ बेल्जियमले आयोजना गरेको स्वागत तथा छलफल एवं रात्री भोज कार्यक्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै गैर आवासीय नेपाली संघ ले बिगतमा गरेका कार्य अन्तर्गत  हाल भइरहेको गतिविधि र भावी कार्य नीति बारे बताउदै  सबै क्षेत्र बाट आफ्नो सहयोग, सल्लाह, सुझाव संगै राष्ट्रीय समन्वय परिषद संग हातेमालो गरि अगाडी बढेको बताए । नेपाली हरुको भाषा संस्कृति आर्थिक तथा पर्यटन विकास लागी बिदेशमा रहेका  नेपालीहरुको साझा संगठन अर्थात् मुलुक बाहिर को मुलुक को रुपमा एनआरएन लाई आफुले लिएको बताए । एनआरएन ले हाल भूकम्प प्रवाभित क्षेत्र गोर्खा को लाप्राकमा पुननिर्माण कार्य अन्तर्गत नेपाल सरकार बाट ईज्जत प्राप्त गरिसकेको र छ सय बाह्र  घर निर्माण बोलपत्र आब्हान भई कार्य शुरु गरि सकेको जानकारी दिएका थिए साथै एनआरएन भवन निर्माण कार्य पनि अघि बढी सकेको बताए । नेपालको हेटौडा-काठमाण्डौ सुरुङ मार्ग को आफू चेयरमेन भए यता रोकिएको निर्माण प्रक्रिया नेपाल सरकार को सहयोग मा अगाडी बढेको समेत बताए । यसै गरि गैर आवासीय नेपाली संघ बेल्जियम ले नेपालको भूकम्प प्रवाभित बिध्यालय पुनर्निर्माण अन्तर्गत गर्न लागेको  च्यारीटी कार्यक्रम को लागी यूरो पन्ध्र सय आर्थिक सहयोग समेत प्रदान गरेका थिए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै अध्यक्ष गंगाधर गौतमले राष्ट्रीय समन्वय परिषद बेल्जियमले आफ्ना गतिविधिहरु केन्द्र देखि बेल्जियममा रहेका हरेक संघ-संस्थाहरुको सहकार्यमा रचनात्मक कार्यहरु गर्दै आएको र अझ प्रवाभकारी बनाउन सदैव सहयोग समर्थनको अपेक्षा राखेको र प्रमुख अतिथिको उपस्थितिले एनआरएन बेल्जियम लाई अझै अगाडी बढ्न थप उर्जा मिलेको बताउदै उपस्थित सबै प्रति धन्यबाद दिएका  दिएका थिए ।

कार्यक्रममा गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सचिव अर्जुन कुमार श्रेष्ठ आईसीसी सदस्य जानकी गुरुङ, लक्जम्वरका आईसीसी सदस्य हरी बहादुर खत्रीले आफ्नो मन्तब्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा यूरोप उपसंयोजक प्रेम गुरुगं, आईसिसि सदस्यहरु चिज कुमार श्रेष्ठ, नेत्र बहादुर मगर, लक्जम्वरका एनआरएन महासचिव बिमल उपाध्याय, लगएत बेल्जियम स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधी एनआरएन बेल्जियमका पदाधिकारी, सदस्यहरु तथा सल्लाहाकारहरु, पत्रकार, ब्यवसायिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन संगै गैर आवासीय नेपाली संघ राष्ट्रीय अन्तराष्ट्रीय सम्वन्धि उठेका बिभिन्न जिज्ञाशा हरुको बारे प्रमुख अतिथिभट्टले प्रष्ट परेका थिए ।

त्यस्तै ब्यवसायि शंकरले बजगाईले स्कुल निर्माणर्थ च्यारेटीलाई यूरो दुई सय सहयोग  गरेका थिए । राति अवेर सम्म संचालन भएको सो कार्यक्रम गैर आवसिय नेपाली संघ, बेल्जियमका महासचिव लोक दाहालले संचालन गरेका थिए।

स्मरण रहोस गैर आवासीय नेपाली संघ बेल्जियमले आगामी २० र २७ नोभेम्वरका दिन नेपालको भूकम्प प्रवाभित स्कुलको पुनर्निर्माणका लागी दुई छुट्टा-छुट्टै च्यारिटी सांगीतिक कार्यक्रमको समेत आयोजना गर्ने बताएको छ।

15109586_10209827082488038_4609908819688096123_n 15134816_10209827083888073_1519040513068446384_n

Share.

Leave A Reply