१६ वैशाख २०८१

सुभाष सुन्दासको आधा गाग्रो पानीको म्युजिक भिडियो सार्वजनिक

0

१४ नोभेम्बर २०१६, स्विटजरल्याण्ड । स्विटजरल्याण्ड निबासी चर्चित गायक सुभाष सुन्दासको ‘आधा गाग्रो पानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सुन्दासको उक्त्त म्युजिक भिडियो आज नेपालको लोकप्रिय ईमेज च्यानलले प्रथम पटक प्रसारण गरेको हो । उनका यस अधिका म्युजिक भिडियोहरु जस्तै ‘आधा गाग्रो पानी’ को भिडियो पनि गुणात्मक रुपमा उच्च स्तरको र मनोरन्जनात्मक रहेको गायक सुन्दासले नेपालस्वीस डट कमलाई बताए । यसै सन्दर्भमा सुन्दासले संगीत प्रेमी श्रोताहरु ले उनका अन्य म्युजिक भिडियोहरु जस्तै यस भिडियोलाई पनि मनपराई दिनुहुने छ भन्ने आशा गरेको विचार व्यक्त्त गरेका छन् । यस अगावै गायक सुन्दासका ‘नाच्यो झिल्के’, ‘नक्कली’ र ‘माया हो’ बोलका गीतहरुको म्यजिक भिडियोहरु बजारमा आईसकेका छन् । ‘आधा गाग्रो पानी’ गायक सुन्दासले सन २०१५ नोभेम्बरमा बाजारमा ल्याएको म्युजिक एल्बम ‘उडन देउ’ को एक गीत हो । त्यसै एल्बमको ‘माया हो’ बोलको गीत १८औं इमेज अवार्ड २०१६ मा उटकृष्ट गायन विधामा मनोनयन पनि भएको थियो।

‘आधा गाग्रो पानी’ युवा वर्गको भावनालाई स्पन्दन गर्ने एक गीत हो । सांकेतिक शब्दहरुले सजिएको यस गीतमा जीवनको वास्तविकता र युवा आकंक्षा मुखरित भएको पाईन्छ । प्रकाश क्षणिकका शब्द र कल्याण सिङको संगीत रहेको यस गीतमा गायक सुन्दासले भावना भरेका छन् । उनको आवाजले गीतलाई जिवन्त बनाएको छ । त्यसैगरी म्युजिक भिडियोको मर्मलाई चर्चित मोडल रेनुका सिं ठकुरीको अभिनयले युवामनलाई जिस्क्याउनले गरी सजिवता प्रदान गरेको छ । भिडियो निर्देशक मोहन मोनु अधिकारी, सम्पादक माधव बेलबासे, छायाँकार अमृत सुनुवार, कोरियोग्राफर कमल साउद र संगीत संयोजक संजिव बराईलिले म्युजिक भिडियोमा विविधता र रंग भरेका छन् । १५ नोभेम्बर २०१६ देखि नेपालका अन्य टिभि च्यानलहरुले पनि ‘आधा गाग्रो पानी’ को म्युजिक भिडियो प्रसारण गर्ने भएका छन् । समग्रमा ‘आधि गाग्रो पानी’ को म्युजिक भिडियो हेर्न लायक छ ।

Share.

Leave A Reply