२८ वैशाख २०८१

एन आर एन ए फ्रान्सको वार्षिक “साधारण सभा भव्यताका साथ सम्पन्न

0

सुवर्ण हमाल, पेरिस फ्रान्स~ संसारकै सुन्दर शहर भनेर चिन्ने पेरिस शहरसंग जोडिएको लाकुर्नव शहरमा यही १३ नोबेम्वर २०१६ आईतबारबार गैर आवसिय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद फ्रान्सले ” वार्षिक साधारणसभा ” सम्पन्न गर्यो । 

उक्त सभाको अध्यक्षता संघका भक्त वाग्ले ले गर्नु भएको थियो भने कार्यक्रम संचालन संघका महासचिव नरेन्द्र शाही ठकुरीले गर्नुभएको थियो । कार्यक्रम प्रमुख अतिथि नेपाल एमवेसी पेरिस फ्रान्स का उपनियोग प्रमुख राम बाबु ढकाल र सभाअध्यक्ष भक्त वाग्ले दोय द्दारा संयुक्तरूपमा पानसमा बत्तीवाली उद्घाटन गर्नुभएको थियो, भने नेपाली राट्रिय गीत बाट कार्यक्रम को शुरूवात गरिएको थियो ।

कार्यक्रम मा उपस्थित अतिथिहरूलाई संस्थाको तर्फबाट संघका वरिष्ठ उपाध्यक्ष सुवर्ण बिक्रम हमाल ले स्वागत मन्तव्यबाट गर्नुभएको थियो ।त्यस्तै हामी नेपाली हाम्रो नेपाला भन्ने गितमा अदिती हमाल र मुस्कान वाग्ले ले निर्त्यको माध्यमबाट पनि स्वागत गरेका थिए । 

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि राम बावु ढकाल अतिथि तमु समाज फ्रान्सको अध्यक्ष अनिता गुरूंगले संघका सफलता लागी शुभकामना दिनुभएको थियो । संस्थाको प्रगति प्रतिवेदन सभाअध्यक्षले र आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष मिन कुमार श्रेष्ठले पेश गरेका थिए भने उपस्थित सदस्यहरूले तालि बजाएर प्रतिवेदनहरू पारित गरेका थिए । 

कार्यक्रम हर्षाउल्लाशामय वातावरण मा भएको थियो । बीच बीच मा मनोरंजनात्मक डान्सहरू समिक्ष थापा , फ्लोरस मल्ल र मुना वाग्ले बहिनीहरले प्रस्तुत गरेका थिए । संघका प्रमुख संरक्षक हरिहर अर्यालले संस्था को विघ्यामान विधान र संघ महत्व माथी प्रकाश पार्नु भएको थियो भने आई सि सि सदस्य मिन बहादुर जि सि ले विभिन्न अन्तर रास्ट्रिय सदस्यहरूले पठाएका शुभकामना का सन्देशहरू उजागर गर्दै एन आर एन ए फ्रान्सले यो कार्यकालमा गरेका च्यारिटि कार्यक्रमहरूको संक्षिप्त जानकारी गराउनु भएको थियो । तेस्तै नेपाल भूगर्व विभाग प्रमुख लोक विजय अधिकारीले आफ्नो शुभकामना मन्तव्यमा छोटो समय मा एन आर एन ए फ्रान्स का विभिन्न क्रियाकलापहरू नजीकबाट देख्न पाएको र ती सबै कार्य धेरै नै प्रशंशनिय भएको कुरा व्यक्त गर्नु भएको थियो । 

अन्तमा सभाअध्यक्ष/संस्थाका अध्यक्ष भक्त वाग्ले द्दारा उपस्थित प्रमुख अतिथि र अतिथिहरू सबैलाई , कार्यक्रम हल उपलब्ध गराईदिएकोमा लाकुर्नव म्यारी, स्वयंमसेवी साथीहरू, खाना पकाउन सहयोग गर्ने सगरमाथा रेस्टोरेंट का साथै स्टाबहरू, ईनडियन स्वाद रेस्टोरेंट का साथै स्टाबहरू , कलाकार वहिनीहरू , संस्थाका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरू र पंजीकृत साधारण सदस्यहरू सबैलाई विशेष धन्यवाद दिंदै आगामी दिनमा हुने गरिने कार्यक्रमहरूमा पनि सबैको यसरी नै निरन्तर सहयोग को आशा राख्दै कार्यक्रम समाप्तीको घोषणा गर्नु भए लगत्तै सामूहिक रूपमा उपस्थित महानुभावहरू नेपाली विभिन्न गितहरूका म्युजीकमा झण्डै १ घण्टा सम्म नाचगान गरि सबै रमाउंदै कार्यक्रम सकिएको थियो । कार्यक्रम दिन को १:०० बजे बाट शुरू गरि ६:३० बजे सकिएको थियो ।

unknown1 unknown

Share.

Leave A Reply