२० वैशाख २०८१

नेजसस स्विटजरल्याण्डको तिहार देउसी-भैलो कार्यक्रम सम्पन्न

0

०९ नोभेम्बर २०१६, स्विटजरल्याण्ड। नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डले आफ्नो स्थापनाकालदेखि हरेक बर्ष आयोजना गर्दै आएको तिहार देउसी-भैलो कार्यक्रम यस बर्ष ०६ नोभेम्बर २०१६, जेनेभामा भव्यरुपले सम्पन्न भएको छ। नेपाली राजदूतावास जेनेभाका महामहिम राजदूत श्री दीपक धितालको प्रमुख आतित्थ र नेजसस स्विटजरल्याण्डका अध्यक्ष राम महतोको सभापतित्वमा सम्पन्न उक्त्त कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघसंस्थाका पदाघिकारी एवं प्रतिनिधिहरुको उपस्थिति रह्यो। स्विटजरल्याण्डका विभिन्न स्थानबाट नेपाली एवं नेपाली संस्कृति प्रेमी स्वीसहरुको उल्लेख्य सहभागिता थियो। प्रमुख अतिथि राजदूत धितालले दियो प्रज्ववलन गरी कार्यक्रम उद्घाटन गर्दै शुभकामना मन्तब्य ब्यक्त्त गरेका थिए। नेपाली जनसम्पर्क समिति स्विटजरल्याण्डका वर्तमान उपाध्यक्ष श्याम सापकोटाको संयोजकत्वमा आयोजित उक्त्त कार्यक्रममा समितिका पूर्व अध्यक्ष गुणराज शर्माले स्वागत भाषण गरेका थिए।

15036506_1249971241730512_3788420157474059307_n

कार्यक्रममा यूरोपका परिचित गायकहरु तुलसी सिवाकोटि, विष्णु क्षेत्री र बाबुराम भुषालले जोडदार मनोरन्जनात्मक सांगीतिक कोशेलीहरु प्रस्तुत गरे। ति कलाकारहरुको प्रस्तुतिले श्रोता एवं दर्शकहरुलाई छमछमी नचाए। स्विटजरल्याण्डका स्थानिय कलाकारहरु गौरी गुभाजु, निता कपुर, राजेन्द्र भण्डारी, दिपेन्द्र रावत र रोहन कपुरहरुको नृत्य प्रस्तुति ले कार्यक्रमलाई झनै रोचक बनाएको थियो। कार्यक्रममा कार्यक्रम आयोजना गर्न सहयोग गर्ने अनि पुरस्कार किन्न सहयोग गर्ने ब्यक्त्तित्वहरु र यूरोपबाट आएका कलाकारहरुलाई समितिका अध्यक्ष र कार्यक्रमका संयोजकले माला लगाई दिएर सम्मान गरेका थिए।

14937474_1248659108528392_459769504186572280_n 

सहभागीहरुका लागि सेलरोटि र आलुकेराउको अचार सहितको नेपाली खाजाको व्यवस्था गरिएको थियो। राजकुमार चौधरीद्वारा तयारगरिएको दिपावली भोज पछि सदाझैं देउस-भैलो खेलेर आयोजक र सहभागीहरुले भरपुर मनोरञ्जन गरेका थिए। त्यस्तै विगतका कार्यक्रमहरुमा जस्तै यस पटकको कार्यक्रममा पनि चिठ्ठा खेलाईएको थियो। चिठ्ठा कार्यक्रमको प्रथम पुरस्कार (ट्याबलेट) अभिनाष शर्माले, दोस्रो पुरस्कार (घडि) क्षेतन ल्हामोले, तोस्रो पुरस्कार (मोबाइल) बिकल थापा र बिद्धया भण्डारीले र सान्त्वना पुरस्कार यसोदाले जित्न सफल भएका थिए। समितिका महामन्त्री तिलक थापाले कार्यक्रमको आधिकारीक सत्र र पूर्व अध्यक्ष गुणराज शर्माले सांगीतिक कार्यक्रम संचालन गरेका थियो।

14925746_1248658091861827_4626447741645294654_n 14915576_1248658445195125_3199827965669179392_n 14991847_1248658945195075_7356387138206321647_n 14915549_10154050377742335_8853520741784368944_n

Share.

Leave A Reply