२५ वैशाख २०८१

स्विटजरल्याण्डबाट एनआरएनए को १००० घर योजनालाई ९३ लाख नेपाली रुपैयाँ

0

२५ जुलाई २०१६, स्विटजरल्याण्ड। गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डले २४ जुलाई २०१६, जुरीखमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमको समापन पश्चात स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानले एक छुट्टै कार्यक्रम आयोजना गरी गैर-आवासिय नेपाली संघको १००० घर योजनाका लागि ८२ लाख ४९ हजार ४४३ नेपाली रुपैंया (७५६८२.९६ स्वीस फ्र्याङकस्) सांकेतिक रुपमा संघका अध्यक्ष श्री शेष घले र उपाध्यक्ष श्री कुमार पन्तलाई हस्तान्तरण गरेको छ। सन २०१५ अप्रिल २५ तारीखमा नेपालमा गएको बिनासकारी भूकम्प पश्चात स्विटजरल्याण्डमा अभियानको गठन गरी एनआरएनए को १००० घर योजनाका लागि अर्थ संकलन गरिएको थियो। स्विटजरल्याण्डका विभिन्न नेपाली संघ-संस्था र अभितन्ताहरुको साझा प्रयासमा तत्कालिन परिस्थितिमा अभियानको गठन गरिएको अभियानका संयोजक पितम गुरूङले बताए। संयोजक गुरूङले अभियानका सदस्यहरु बीच अर्थ संकलन गरी “सीड मनि” राखि अभियानको  सुरुवात गरिएको उक्त्त अभियानलाई नेपाली एवं स्वीस नागरिकहरुको ब्यापक सहयोग गरेको बताए। अभियानले संकलन गरेको रकम गैर-आवासिय नेपाली संघको १००० घर योजनाका लागि सांकेतिक रुपमा हस्तान्तरण गर्न पाएकोमा हर्ष ब्यक्त्त गर्दै अभियानको यो आर्थिक सहयोगको गैर-आवासिय नेपाली संघले सम्मान गर्ने र उचित पहिचान दिने कुरामा विश्वाश ब्यक्त्त गरे।

13781891_1147486231977484_6288940702290078438_n

गैर-आवासिय नेपाली संघ, स्विटजरल्याण्डले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्वीस-नेपाली समाजका अध्यक्ष डा. मार्कुस रुकस्थल ले गैर-आवासिय नेपाली संघको १००० हजार घर योजनाका लागि समाजको तर्फबाट १० ००० स्विस फ्र्याङकस् प्रदान गर्ने घोषणा गरे। कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ, स्विट्जरल्याण्डका संयोजक छोङडुक भोटेले आफ्नो र महासंघको तर्फबाट ११११ स्वीस फ्रयाङकस् र तमु समाज स्विटजरल्याण्डका संयोजक युक्त्ता गुरूङले १००० स्वीस फ्र्याङकस् स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानलाई प्रदान गरे।

13754553_1147487985310642_5655214094323140223_n

कार्यक्रमको संचालन गर्दै अभियानका सदस्य सचिव गुणराज शर्माले कुन परिस्थितिमा, कुन उदेष्यले अभियानको गठन गरिएको थियो भन्ने बारेमा सहभागीहरु लाई जानकारी गराउँदै संयोजक पितम गुरुङ लाई अभियानका बारेमा थप जानकारी प्रदान गर्न अनुरोध गरे। संयोजक गुरूङले कार्यक्रमको मितिसम्म अभियानले ८२ लाख ४९ हजार ४४३ नेपाली रुपैंया (७५६८२.९६ स्विस फ्र्याङकस्) संकलन गेरको जानकारी दिदै अभियानलाई सहयोग गर्ने सम्पुर्ण मनकारी दाताहरुलाई घन्यबाद ज्ञापन गरे।  ततपश्चात अभियानका संयोजक र सदस्यहरुले उक्त्त रकम संयुक्त्त रुपमा गैर-आवासिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री शेष घले र उपाध्यक्ष श्री कुमार पन्तलाई हस्तान्तरण गरे। कार्यक्रममा घोषणा भएको आर्थिक सहयोगहरु सहित हिजो स्विटजरल्याण्डबाट जम्मा ९३ लाख ३९ हजार ४४३ नेपाली रुपैयाँ गैर-आवासिय नेपाली संघको १००० घर योजनालाई प्रदान गरियो। हस्तान्तरित रकम ग्रहण गर्दै श्री घले र श्री पन्तले स्वीस-नेपाली भूकम्प पुन:निर्माण अभियानको आर्थिक योगदानलाई उपयुक्त्त पहिचान दिने कुरामा प्रतिबद्धता जनाए।

13700001_1147483191977788_2093436227919892675_n 13754091_1147486128644161_8117850497710134367_n

Share.

Leave A Reply