१७ वैशाख २०८१

नेपालीनेपाली डटकमको कार्यक्रमका लागि स्विट्जरल्याण्डबाट ब्यापक सहभागिता

0

बार्सिलोना। नेपालीनेपाली डटकमको दोस्रो बार्षिकोत्सव समारोहमा सहभागी बन्न स्बिजरल्याण्डबाट जम्बो टोलि बार्सिलोना आईपुगेको छ। आगामी सोमबार हुने मिडियाको दोस्रो बार्षिकोत्सव कार्यक्रममा सहभागी बन्न स्बिजरल्याण्डबाट जम्बो टोलि बार्सिलोना आईपुगेको हो।

कार्यक्रममा सहभागी बन्न  गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद डा.बिनय श्रेष्ठ, एनआरएन स्बिजरल्याण्डका युवा संयोजक अर्जुन बस्ताकोटी, गायक सुबास सुन्दास,संगीतकार रामु परियार बार्सिलोना आईपुगेका छन्। यस्तै स्बिजरल्याण्डबाट नै नेपाल पत्रकार महासंघ युरोप शाखाका सचिव हिरालाल श्रेष्ठ र जंगम खड्का पनि बार्सिलोना आउँदै छन्।

आईसीसी सदस्य डा. श्रेष्ठले भने, “ युरोपमा सक्रिय रुपमा लागि परेको अनलाईन मिडियाको यो बिशेष कार्यक्रममा सहभागी बन्न  आएका हौ। युरोपभरको सहभागिताले मिडियालाई अझ ठुलो हौसला मिल्ने बिश्वास लिएका छौ।”

नेपालीनेपाली डटकमका सम्पादक बसन्त रानाभाट, एनआरएनए स्पेनका सल्लाहकार दावा ऋषि श्रेष्ठ, एनआरएन सचिव सुनिल रानाभाट, निबर्तमान कोषाध्यक्ष हेमन्त रानाभाट, नेपालीनेपाली डटकमका ईभेन्ट कोर्डीनेटर लक्ष्मण शर्मा, सुन्दर रानाभाट लगायत अतिथिको स्वागतका लागि बिमानस्थल पुगेका थिए।

युरोप क्षेत्रका स्थापित व्यक्तित्वहरु,एनआरएन अभियन्ता,बरिष्ट पत्रकार,समाजसेबी,ब्यबसायी,कलाकार लगायत बिभिन्न संघ सँस्थामा आबद्द व्यक्तित्वहरुको कार्यक्रममा ब्यापक सहभागिता रहने मिडियाले जनाएको छ। पुर्ब प्रमुख खगेन्द्र नेपालीलाई बिशेष सम्मान गरिने भएको छ। बरिष्ट सञ्चारकर्मी नेपाली बार्सिलोना आईपुगेका छन्। यस्तै युरोप बर्ष ब्यक्तित्व सम्मान र कलाकारिता क्षेत्रबाट एक जनालाई नेपालीनेपाली डटकमले सम्मान गर्दै छ। सम्मानित व्यक्तित्वको नाम बिशेष समारोहमा नै घोषणा गरिने मिडियाले जनाएको छ।

यस्तै कार्यक्रममा सहभागी बन्न बिशेष अतिथिको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष कुमार पन्त, महिला फोरम संयोजक सपिला राज भण्डारी,सह- संयोजक रजनी प्रधान आईतबार बार्सिलोना आउँदै छन्। एनआरएन युरोप क्षेत्रका संयोजक कुल आचार्य भने सोमबार आउँदै छन्।

IMG_8308

Share.

Leave A Reply