२५ वैशाख २०८१

सापकोटालाई युरोप शाखाले साधारण सदस्यताबाट निस्कासन गर्यो

0

डिल्लीराम अंमाई, बेल्जियम। नेपाल पत्रकार महासंघ यूरोप शाखाले नेपाल प्लस ब्लग संचालन गर्दै आएका ददी सापकोटालाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो तर उहाले आफ्नो ब्लग नेपाल प्लसमा स्पष्टिकरणलाई थादै इन्कार गरेर संगठनलाई नै चुनौती दिएपछी आज तीन बर्षको लागि संगठनको सम्पूर्ण पदबाट निलम्बनको सिफारिस गर्दै यफएनजेको साधारण सदस्य सामेत खारेज गर्दै  त्यसको बोदार्थ यफएनजेको केन्द्रिय कार्यालय र अाइयफजेको कन्द्रिय कार्यालय ब्रुसेल पठाएको छ ।

 ददी सापकोटाद्वारा सामाजिक सञ्जालमा “पत्रकार महासंघलाई प्रश्न: कति बोत्तल जाँड, विमान टिकट, खानपिन र उपहारसित साटिएका हुन् अन्तर्राष्ट्रिय पत्रकार महासंघका कार्ड ?” शिर्षकको ब्लगमा महासंघको यूरोप शाखाको ध्यानाकर्षण  भएको उल्लेख गरेको छ। सापकोटाको उक्त्त ब्लगमा अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता कार्ड उपलब्ध गराए बापत नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्ट, महासवचिव उजिर मगर र नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राईलाई लक्षित गरी आईफोन किनि दिएर, जहाजको टिकट किनिदिएर यूरोपमा रहेका नेपाली पत्रकारलाई अन्तर्राष्ट्रिय प्रेस कार्ड उपलब्ध गराई दिएको आरोप लगाईएको छ। अाइ यफ जे को केन्द्रिय स्टाफलाई समेत चल्खेल गरी कार्ड उपलब्ध गराएको गम्भिर आरोप लगाइएको छ ।

 महासंघ यूरोप शाखाको स्पष्टिकरण माग पत्रमा ददी सापकोटाले असभ्य भाषा प्रयोग गरी अवाञ्छित लान्छना लगाउने, आधारहिन  तथा कपोलकल्पित आरोप लगाउने कार्य भएको देखिएकोले नेपाल पत्रकार महासंघको विधान अनुरुप पत्रकार  महासंघका कुनै पनि समितिले गर्ने काम, कर्तब्य र अधिकार अन्तर्गत बिधानले दिएको अधिकार प्रयोग गरेर कार्वाही गरिएको हो । 

सन २०१४ मा बेल्जियममा सम्पन्न नेपाल पत्रकार महासंघ यूरोप शाखाको अधिवेशनबाट एक १७ सदस्यीय कार्यसमिति र ददी सापकोटाको संयोजकत्वमा तीन सदस्यीय सदस्यता छानबिन समितिको गठन भएको थियो। सापकोटाले सदस्यता सम्बन्धमा तीन महिना भित्र प्रतिवेदन पेश गर्ने प्रतिबध्दता जनाएको तर हालसम्म पनि उनले आफ्नो जिम्मेवारी पुरा नगरेको जानकारहरू बताउँदछन्। नेपाल पत्रकार महासंघ यूरोप शाखा नेपाल पत्रकार महासंघको मान्यता प्राप्त निकाय हो। महासंघको यूरोप शाखाको  सन् २०१४ मा सम्पन्न अधिवेशनले नै ददी सापकोटाको संयोजकत्वमा सदस्यता छानविन समितिको गठन गरेको हो। सापकोटाले सामजिक संजालमा नेपाल पत्रकार महासंघ यूरोप शाखाको वर्तमान कार्यसमितिलाई अवैध कार्यसमिति भनि उल्लेख गरेका छन्। तर २०१४ को अधिवेशनमा सापकोटा आफै सहभागी भएका थिए ।उनकै श्रीमती उपाध्यक्ष रहेको शाखालाई लगभग दुई बर्ष पछी आएर आफ्नै सहभागीतामा गठित कार्यसमितिको बैधानिकता माथि प्रश्न उताउदै अन्तरराष्ट्रिय समिती देखी राष्ट्रिय समिती र केन्द्रमाथि अमरयादित आक्रमण शुरु गरेका हुन ।  13595459_1365171406879919_1520524730_n

Share.

Leave A Reply