०६ जेठ २०८१

रारा ताल पुगेका बुलेट राइडर काठमाडौं आइपुगे

0

Bullet1काठमाडौं – काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइडको टोली रारा ताल पुगेर आज काठमाडौं फर्किएको छ । गत जेठ ८ गते काठमाडौंबाट प्रस्थान गरेको सो टोली ११ दिनको कठीन यात्रा पार गरी आज काठमाडौं आइपुगेको हो । पिस राइडको टोलीलाई आज एक कार्यक्रमका बीच नासाका अध्यक्ष दशरथ रिसाल, महासचिव गोविन्द भट्टराई र रोयल इन्फिल्डका हेड अफ अपरेसन मेघराज पौड्यालले स्वागत गरे । योसँगै काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड सफलतापूर्वक सम्पन्न भएको छ ।
उक्त अवसरमा पिस राइडमा सहभागी नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बु, महासचिव राम साह तथा पेट्रोनास लुब्रिकेन्ट्सका कन्ट्री म्यानेजर नगेन्द्र खनाल लगायतले यात्रामा भोगेका कठिनाई र अन्य विभिन्न पक्षका बारेमा जानकारी प्रदान गरेका थिए ।
नासा बुलेट क्लबले काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आयोजना गरेको हो । ११ दिनसम्मको उक्त पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुगेको थियो ।
पिस राइडमा २७ वटा बुलेट अर्थात रोयल इन्फिल्ड बाइक र ३२ जना रहेका थिए । लुम्बिनीमै पोखराबाट आएका ‘द इन्फिल्ड ट्रुपर्स’ का राइडर समेत पिस राइडसँग जोडिएका थिए । उनीहरु पनि पोखरा पुगिसकेका छन् । पहिलो पटक विकट मानिएको रारा तालसम्म यसरी बाइक पु¥याउन पाउँदा आफूहरु निकै खुसी भएको क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए ।
नासा बुलेट क्लबले जुम्लाको सिंजा र मुगुको मुर्माटपमा विद्यालय शिक्षा कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । करिब ३ सय विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । बीचमा बुटवल, सुर्खेत आदि स्थानमा विभिन्न संघ संस्थाले पिस राइडको टोलीलाई स्वागत गरेका थिए ।
बुद्ध जयन्तीको अवसरमा आयोजना गरिएको उक्त पिस राइडले नेपाल भ्रमण बर्ष २०७३ को समेत प्रबद्र्धन गरेको क्लबले बताएको छ । केही बर्ष देखि मात्र सडक यातायातले जोडिएको कर्णाली अञ्चलको विकट स्थानमा पुगेर एड्भेन्चर स्पोर्ट, ड्राइभ टुरिजम् र रोड सेफ्टीको सन्देश दिन उक्त पिस राइड सफल हुने बुलेट क्लबको भनाइ छ । नेपालका विकट र जुनसुकै स्थानमा पनि मोटरसाइकलमा पनि यात्रा गर्न सकिन्छ भन्ने सन्देश यसले दिनेछ ।
पिस राइडको मूख्य प्रायोजक पेट्रोनस लुब्रिकेन्ट रहेको थियो भने नेपाल पर्यटन बोर्ड तथा अन्य विभिन्न संस्थाहरुले समेत यसलाई सहयोग गरेका थिए ।

Share.

Leave A Reply