०५ जेठ २०८१

गठबन्धनको सिंहदरबार घेराउले यातायात अस्तव्यस्त

0

काठमाडौ, २ जेठ । संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनले गरेको आज सिंहदरवार कार्यक्रमले काठमाडौको यातायात अस्तव्यस्त बनेको छ ।
बिहानैदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलाम २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताको धर्नाले सो क्षेत्रमा यातायात अवरुद्ध बनेको हो ।  सिंहदरबार वरपर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ छन् भने आन्दोलनकारीले झन्डासहित नारा लगाएका थिए ।
धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी भएका थिए । गत असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि बिशेषगरी सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेसकेन्द्रित दलले यस अघि नेपाल भारत सिमानामा आन्दोलन गरेका थिए ।

Share.

Leave A Reply