०७ जेठ २०८१

राजधानीमा भिन्टेज मोटर एक्स्पो २०१६ हुने

0

IMG_0001

भिन्टेज एण्ड क्लासिक मोटर इन्क नेपालको आयोजनामा आगामी जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा दोश्रो भिन्टेज मोटर एक्स्पो २०१६ सञ्चालन हुने भएको छ ।
इन्कको आयोजनामा हुन लागेको उक्त तीन दिने एक्स्पो नेपालका लागि भोक्स वागेनको आधिकारिक वितरक पूजा इन्टरनेशनल प्रा.लि.ले मुख्य प्रायोजन गर्ने आयोजक संस्थाले बताएको छ ।
एक्स्पोको तयारी पूरा भएको जानकारी दिन बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गरी आयोजक संस्थाले उक्त एक्स्पो सम्बन्धी जानकारी सार्वजनिक गरेको हो ।
उक्त पत्रकार सम्मेलन मार्फत इन्कले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ संसारकै अग्रणी मोटरको व्राण्ड भोक्स वागेनले समाजको विभिन्न क्षेत्रमा सहभागिता जनाइसकेको छ भने भिन्टेज मोटर मार्फत अटोमोवाइलको नयाँ र अत्यन्तै महत्वपूर्ण क्षेत्रमा पनि यस वर्षदेखि प्रवेश गरेको हो ।
जर्मनीको प्रतिष्ठित अटोमोबाइल निर्माता कम्पनीको रुपमा रहेको भोक्स वागेनको स्थापना सर्वप्रथम १९३७ मा जर्मन श्रमिक मोर्चा नाजी टे्र्ड युनियनले गरेको हो । १९३७ मै यसको पहिलो मोडेलका रुपमा प्रसिद्ध बिटल कार आयो । यस समूहका हालसम्म २०३ मोडल छन् र यसको संयुक्त उत्पादन क्षमता दैनिक ३०,१०० ओटा गाडी रहेको छ । २२ ओटा देशमा कूल ६२ ओटा उत्पादन इकाई रहेको भोक्सवागनको प्रमुख बजार युरोपेली क्षेत्र, चीनका साथै ब्राजिल, द. अफ्रिका जस्ता नवोदित बजार हुन् इन्कले भनेको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ नेपालमा अटोमोबाइलको इतिहास धेरै पुरानो छैन तर नेपालमा जे जस्ता गाडीहरु छन् र तिनको जे जस्तो रोमाञ्चकारी इतिहास छ त्यो संसारमा विरलै पाइन्छ । मान्छेको काँधमा बोकिएर आएको गाडीको इतिहास भएको नेपालमा आजका पुस्ताले हेर्नै पर्ने गाडी र मोटरसाइकलहरु छन् । जसलाई संरक्षण गर्नु, सार्वजनिक गर्नु र भावी पिँढीलाई आफ्नो इतिहास प्रति गर्व गर्न सक्ने बनाउनु आजको कर्तब्य पनि हो ।
भिन्टेज र क्लासिक गाडीहरुको संरक्षणमा यूनेस्को को अभियान मात्र हैन, यूरोपीयन यूनियनले यसका लागि पार्लियामेण्ट कमिटी समेत गठन गरेको छ । आज संसारका कतिपय देशमा भिन्टेज र क्लासिक मोटरहरु पर्यटन प्रवद्र्धनका साथै कतिपय देशमा सामाजिक कार्यको द्वार समेत बनेका छन् । हो त्यही मान्यतामा रहेर भिन्टेज एण्ड क्लासिक मोटर इन्क नेपाल केही समय अगाडि स्थापना भएको छ र आफ्नो पहिलो सार्वजनिक कार्यक्रम गर्दैछ एक्स्पोको रुपमा ।
एक्स्पोको अर्को आकर्षण हुनेछ भिन्टेज गाडीमा गरिने पेन्टिङ । जुन नेपाली चित्रकला इतिहास कै सम्भवत पहिलो हो । यसले लामो इतिहास बोकेको नेपाली चित्रकला, साहित्यमा नयाँ विधा थपिने छ भने प्रदर्शनी कै दौरान ऐतिहासिक गाडी संरक्षण सम्बन्धी अन्तरक्रिया समेत गरिने छ । प्रदर्शनीको अर्को आकर्षण ऐतिहासिक गाडीका फोटो प्रर्दशनी हुनेछ भने अटोमोवाइल सम्बन्धी विभिन्न फिल्म र डकुमेन्ट्री समेत देखाइनेछ ।
नेपालमा गाडी, पुराना गाडी र ऐतिहासिक गाडी, मोटरसाइकल सम्बन्धि कुनै बस्तुगत र वैज्ञानिक अवधारणा, ऐन कानुन र बुझाइ समेत छैन । सियो समेत उत्पादन नभइरहेको देशमा अरबौँँ लगानी भएका गाडीहरुको बारेमा कुनै अवधारणा नहुनु ठूलो कुरा नभए पनि दुखद अवश्य हो । विश्वमा भिन्टेज र क्लासिक मोटर÷मोटरसाइकललाई सरकारले विशिष्ट मान्यता दिएको पाइन्छ भने ती सम्पदा मार्फत सम्बन्धित समुदाय र देशले गर्व समेत महशुस गर्दछ । तर नेपालमा ऐतिहासिक, पुरातात्विक र क्लासिक गाडीहरु हुनु अपराध गरे झैँ भएको छ, प्रत्येक वर्ष चर्को कर वृद्धि, जरिवाना र प्रशासनिक झन्झट मार्फत त्यो “अपराध” को मूल्य चुकाउँदैछौ हामीहरु । अर्को गम्भीर पक्ष भनेको आज प्रत्येक हप्ता कैयन क्लासिक र भिन्टेज गाडीहरु कवाडीको रुपमा देश वाहिर गईरहेका छन् । हाम्रा सम्बन्धित निकाय कवाडी करले दंग छन् । संसार मै महत्वपूर्ण निधि मानिएका भिन्टेज र क्लासिक गाडिहरु निख्रिनु संगै आफ्नै ऐतिहासिक अध्यायको विक्रि र विनाश भइरहेको तिनलाई पत्तै छैन । हो ! त्यहि दुखद अवस्थालाई सार्वजिक गर्नु, निति निर्मातालाई झकझकाउनु र आगामी दिनमा आफ्नो गौरवपूर्ण इतिहास प्रति सम्पूर्ण क्षेत्रको चासो वृद्धि गर्नु पनि यो प्रदर्शनीको अर्को उद्देश्य हो ।
विज्ञप्तिमा भनिएको छ एक्स्पोको शुरुवातमा लैनचौरबाट भिन्टेज गाडीहरुको ¥यालि शुरु भई काठमाडौको विभिन्न क्षेत्र परिक्रमा गरि जेठ १ गते ठीक १ बजे नेपाल आर्ट काउन्सिल बबरमहल आइपुग्नेछ ।
नेपाल आर्ट काउन्सिलमा संचालन गरिने सो प्रदर्शनी १ जेठ शनिवार २ बजेबाट शुरु भई ३ जेठ ५ बजेसम्म हुनेछ । प्रदर्शनीमा सहभागीहरु मूलतः अटोमोबाइलका व्यवसायीहरु, संरक्षणकर्ताहरु, नीति निर्माताहरु, कला साहित्यका स्थापित व्यक्तित्वहरु र स्कुल(कलेजका विद्यार्थीहरु हुनेछन् । जेठ ३ गते ५ बजे यूवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले समापन गर्ने सो प्रर्दशनीको जेठ १ गते ३ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बलबहादुर महतले शुभारम्भ गर्नुहुनेछ । प्रदर्शनीको मुख्य बक्तामा Vintage & Classic car Club of India का उपाध्यक्ष तथा Vintage & Classic car Club of India का अध्यक्ष Nittin Dossa रहनुहुनेछ ।
नासा फाउण्डेसनको तत्वावधानमा संचालन हुने एक्स्पोलाई साँस्कृतिक संग्रहालय नेपालको फोटो प्रदर्शनि तथा अटो नेपाल म्यागजिनको सहयोग रहनेछ । अनुमानित लागत ६ लाख रहेको सो एक्स्पोमा १० हजार भन्दा बढीले भ्रमण गर्ने अपेक्षा गरेका छौँ इन्कका अध्यक्ष मेघराज पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

Share.

Leave A Reply