१७ वैशाख २०८१

जीवन भट्टराई: युवा समाजसेवी र स्विस चार तारे भान्साका कलाकर्मी

0

पछिल्लो समयमा स्विटजरल्याण्डमा नेपाली युवाहरु विभिन्न पेशामा स्थापित हुँदै सफलताका मापडण्ड तयगर्ने क्रम बढेर गएको छ। बासेल निवासी जीवन भट्टराई आफ्नो हबीलाई पेशाको रुपमा परिणत गर्दै पेशागत सफलता हसिल गरेका एक नेपाली युवा हुन्। खाना पकाउने आफ्नो हबीलाई उनले कलाको रुपमा विकास गरेका छन्। उनले तयार गरेका रंगहरु संयोजित सृजनात्मक डेकोरेशन भएका खानाका थालीहरु देख्दा उनि एक कुकमात्र नभई कलाकर्मी पनि हुन भन्ने लाग्दछ। नेपाल, दुबई, हङकङ र स्विटजरल्याण्डमा पेशागत अनुभव संगालेका भट्टराई हाल बासेलको एक चार तारे होटलमा सेफ कुकको हैसियतमा कार्यरत छन्।

IMG_5456

उनि स्विटजरल्याण्डको नेपाली समाजमा मेहनती र स्पष्ठ वक्त्ताका रुपमा परिचित छन्। सन १९८८ मा तनहुँ जिल्लामा माता-पिता ईश्वरी माया र विष्णुप्रसाद भट्टराईको कोखमा जन्मिएका युवा भट्टराईले जन्मभूमिका उकाली-ओराली र परदेशका भोगाईहरुमा समानता भेटेको बताउँछन्। शायद त्यसैले होला स्विजरल्याण्डको बसाईलाई उनले सदैव शैक्षिक एवं पेशागत रुपमा अगाडि बढ्ने मौकाका रुपमा लिएका छन्। सन २००९ मा आतित्थ सत्कार ब्यवस्थापन बिषयमा स्विटजरल्याण्डमा अध्ययन गर्न आएका जीवन भट्टराईले उक्त्त बिषयमा नेपालबाट स्नातक र स्विटजरल्याण्डबाट एडभान्स डिप्लोमाको अध्ययन पुरा गरेका छन्। उनले बासेल शहरबाट सेफ कुकको डिप्लोमा तालिम पनि हासिल गरेका छन्। आफ्नो पेशागत ज्ञानको परिधिलाई बिष्तृत गर्ने हेतुले उनले सन २०१६ बाट २०२० सम्म पोषण र स्वास्थ्य बिषयमा बेर्न विश्वविद्धालयमा स्नाकोत्तरको अध्ययन गर्दैछन्।

IMG_4560

सन २०११ मा गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको पंजिकृत सदस्यता लिएका भट्टराईले सन २०१३ मा जुरीखमा आयोजित संघको युरोपेली क्षेत्रिय बैठक र महिला भेलाको ब्यवस्थापनमा स्थानिय स्तरमा महत्वपुर्ण भुमिका निभाए। समाज सेवा गर्ने अभिलाषा पुरा गर्ने उदेश्यका साथ उनले सन २०१५ मा गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको युवा संयोजक पदमा उम्मेदवारी पनि दिएका थिए। उनि नेपाली समाज बासेलका सचिव पनि हुन्। समाजिक कार्य, पेशागत सफलता र पारिवारीक सहयोगबाट सन्तुष्ट रहेको बताउने जीवन भट्टराई श्रीमति र एक छोराका साथमा बासेलमा निवास गर्दछन्। नेपालस्वीस डट कमसंगको एक टेलिफोन वार्तामा पेशागत र पारिवारीक जिम्मेवारीका बावजुद सामाजिक क्षेत्रमा नेपाली मित्रहरुसंग सहकार्य गर्दै समाजसेवाका क्षेत्रमा सक्दो योगदान दिन चाहेको उनि बताउँदछन्।

FullSizeRender IMG_1802 IMG_6309 IMG_6149 IMG_6280 IMG_5286 IMG_5240

Share.

Leave A Reply