२० वैशाख २०८१

बासेलमा ईनास चौथो यूरोपस्तरीय एकल नेपाली नृत्य तथा प्रथम गायन प्रतियोगिता कार्यक्रम आयोजना हुँदै

0

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) स्विटजरल्याण्ड तथा ईनास युरोप को आयोजनामा यहि आउने मे १५ तारिखमा स्विटजरल्याण्डको बासेलमा “चौथो ईनास यूरोपेली एकल नेपाली नृत्य तथा प्रथम एकल गायन प्रतियोगिता (4th INAS European Nepali Single Dance and 1st European Nepali Single Singing Competition 2016 )” भब्य आयोजना हुने भएको छ | उक्त प्रतियोगितामा बेल्जियम, चेक रिपब्लिक, डेनमार्क, जर्मनी, स्पेन, ग्रेट ब्रिटेन, पोर्तुगल लगायत अन्य यूरोपेली मुलुकहरुको प्रतिनिधित्व हुनेहुँदा प्रतियोगी तथा सहभागीहरुको उल्लेख्य उपस्थिति हुने व्यहोरा आयोजकले जनाएको छ | सदाझै कार्यक्रममा युरोप क्षेत्रका नेपाली कुटनीतिक नियोगहरु, गैर-आवासीय नेपाली संघ, युरोपमा रहेका अन्य संघ-संस्थाका प्रतिनिधिहरु, कलाकार, साहित्यकार, पत्रकारहरुको उपस्थिति हुने धारणा ईनास केन्द्रीय समिति का अध्यक्ष श्री पुष्प बरुवालको छ|

बिगतका बर्षहरुमा झैँ यसपाली पनि नृत्य र गायन प्रतियोगिताका प्रतिस्पर्धीहरुले गुणस्तरीय, सनसनीपूर्ण, र मनोरन्जनात्मक प्रस्तुतिहरु मार्फत दर्शकदीर्घालाई भरपुर मनोरंजन गराउने विश्वास आयोजकको छ | यस कार्यक्रमका संयोजक तथा स्विटजरल्याण्डका सम्पर्क ब्यक्ति रहनुभएका श्री सन्तोष राईले सहभागीहरुको लागी बासेलमा अबस्थित IBIS होटेलमा कोठा बुक गर्ने व्यवस्था मिलाइएको जानकारी गराउनुभयो | साथै ईच्छुक व्यक्तिहरुलाई यथासम्भव होटेल रिजर्भसन्का लागी सम्पर्क गर्न पनि आग्रह गर्नुभयो | आगन्तुक पाहुनाहरुको लागि स्वादिष्ट भोजनको ब्यबस्थापनको लागी कुक टिमको व्यवस्था भैसकेको जानकारी पनि वहाँले दिनुभयो |

यस कार्यक्रमका अर्का संयोजक रहनुभएका श्री बिनय श्रेष्ठले यूरोपका अन्य देशमा निमन्त्रण गर्ने कार्य संपन्न भैसकेको र ती देशहरुबाट उल्लेख्य सहभागीहुने कुराले आफु उत्साही भएको कुरा बताउनु भयो | ईनास स्विटजरल्याण्डका महासचिव डा. श्री विजय मल्लले मे १४, २०१६ मा इनास यूरोपको क्षेत्रीय बैठक पनि सम्पन्न हुने तथा मे १५ मा हुने प्रतियोगिता बारे सम्पूर्ण जानकारी inasociety.org वेबसाइट मा सार्वजनिक गरिएको जानकारी दिनुभयो | ईनास स्विटजरल्याण्डका अध्यक्ष श्री धनसिं ठकुरीले आफ्ना इष्टमित्र सहित सम्पूर्ण स्वीसबासी नेपालीहरुलाई स-परिवार उपस्थित भई नृत्य र गायन प्रतियोगिताको भरपुर मनोरंजन लिदैं नेपाली कला र संस्कृतिको संबर्धनमा ठोस सहयोग पुर्याउन अनुरोध गर्नुभएको छ| कार्यक्रमको प्रवेश शुल्क स्वीस फ्रान्क २५ तथा प्रतियोगी शुल्क स्वीस फ्रान्क ३५ रहेको कुरा आयोजकले जानकारी गराएकोछ |

कार्यक्रम स्थल : UNION Klybeckstrasse 5, 4007 Basel

कार्यक्रम समय : 13:00 O’ clock, 15th May, 2016

कार्यक्रमको बिस्तृत विवरण तथा जानकारीका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्नसकिने छ |

inas_program_invitation

Contact Persons for INAS Dance & Singing Competition 2016-CH

Share.

Leave A Reply