०७ जेठ २०८१

रेडक्रसलाई विशिष्ट हैसियत आवश्यक उपप्रधानमन्त्री मैनाली

0

२०७२ चैत्र २४ गते, हेटौंडा। माननीय उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्री चन्द्रप्रकाश मैनालीले नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को केन्द्रीय सभाको ४५ औं महाधिवेशनको आज एक समारोहका बीच पानसमा दीप प्रज्ज्वलन गरी हेटौंडामा समुद्घाटन गर्नुभयो ।

उद्घाटन मन्तव्य दिँदै उहाँले भन्नुभयो “भूकम्प पश्चात नेपाल रेडक्रसले गरेको ६० करोड रकम वितरण र मौसमी सहयोग स्वरुप गरेको ५० करोड रुपैंया वितरणको कार्य सह्रानीय छ र यसले सरकारको दायित्वलाई सहयोग गरेको छ । भूकम्प पश्चात तत्काल, नाकाबन्दी र चिसो मौसमको समयमा रेडक्रसले गरेको कामको लागि म धन्यवाद दिन चाहन्छु ।” उहाँले थप्नुभयो समाजकल्याण परिषदको ऐन शंशोधनको क्रममा रहेको छ, नयाँ ऐनमा रेडक्रस जस्तो मानवीय संस्थालाई भिन्न व्यवहार गर्न र यसको विशिष्ट हैसियत बनाउन सरकारले छलफल गर्ने छ । ” मन्तव्यको क्रममा उहाँले देशमा शान्ति बनाइराख्न सबै पक्षलाई सहयोग गर्न अपील गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले रेडक्रसका सिद्धान्तहरु नै यसका काम गर्ने मुख्य आधारहरु भएको बताउनुभयो । भूकम्प अघि तथा पश्चातको अवस्थामा नेपाल रेडक्रसले गरेको काम स्वयंमा सिद्धान्तहरु व्यवहारमा उत्रेको विश्वव्यापी उदारहण बनेको बताउनुभयो ।

यस अघि ७३ जिल्लाका प्रतिनिधिहरु सहभागी भई विहान ८ बजे बाजागाजा र झाँकी सहितको एक प्रभातफेरि हेटौंडा बजारका मुख्य चोकहरु हुँदै सभास्थल पुगेको थियो । माननीय उपप्रधानमन्त्री मैनाली र नेरेसो अध्यक्ष संजीव थापाले नेपाल र रेडक्रसको झण्डोत्तोलन गर्नुभएको थियो ।

“रेडक्रस बवैको साझा चौतारी हो र यसलाई सबै पक्षको सहयोग भैआएको छ । रेडक्रस सभ्य समाज र राज्यहरुको साझा प्रतिवद्धता हो, त्यसैले देशको कानुनको सम्मान गर्दै स्वाधीन भएर रेडक्रसले कार्य गर्दै आएको छ ।” नेरेसोका महामन्त्री देवरत्न धाख्वाले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सूर्यचन्द न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी)का ड्रागना कोइक,   रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रमुख म्याक्स स्यान्टनर, नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामा, नेकपा एमाले जिल्ला इन्चार्ज मनु सिग्देलले महाधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।

आजै नेपाल रेडक्रसको बन्द सत्रमा महामन्त्री र कोषाध्यक्षले आ.व २०७१।७२ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिसक्नु भएको छ । महाधिवेशनले आ.व ०७३।०७४ का लागि साधारणतर्फ ४४ करोड ३८ लाख र विकासतर्फ दुई अर्ब पचासी करोड ४५ लाख गरी जम्मा ३ अर्व २९ करोड ८३ लाखको वजेट पारितका लागि छलफल भइरहेको छ ।

संस्थाका उपलव्धिहरु, मुलुकको वर्तमान अवस्थामा मानवीय सेवाका अवसर र चुनौतीहरुको समीक्षा, गत जुनियर युवा रेडक्रसको सिफारिस प्रस्तुति, लेखा समितिको प्रतिवेदन र लेखा समिति सभापति र सदस्यहरुको चयन पनि यस महाधिवेशनको कार्यसूचीमा छन् । यसैगरी, उत्कृष्ट जिल्ला शाखा, जुनियर तथा युवा सर्कल र स्वयंसेवकहरुका साथै कर्मचारीहरुलाई विभिन्न पुरस्कारहरु प्रदान गरिने छ ।

गत आ.व.मा नेपाल रेडक्रसका सेवा तथा बिकास गतिविधिबाट ८० लाख मानिसहरु लाभान्वित भएका थिए ।

भूकम्प पश्चातको सेवा गतिविधिहरुको समीक्षा पनि महाधिवेशनमा हुने छ । यसैगरी सबै सहभागीहरुको बाल संरक्षणप्रतिको प्रतिवद्धता लिने र रक्त सञ्चार सेवाको स्वर्णमहोत्सवको कार्यक्रमसम्बन्धी विशेष प्रस्तावपनि पेश गरिएको छ ।

1 inagural ceremony stage rally before inaguration delegates of different districts 3 collecting child protection commitment (2)

Share.

Leave A Reply