०७ जेठ २०८१

कांग्रेस संसदीय दलको नेता छान्न आज मतदान जारी

0

काठमाडौ। नेपाली काँग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान जारी छ। दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । तत्कालीन संसदीय दलका नेता सुशील कोइरालाको निधनपछि कांग्रेसमा यो पद खाली रहेको छ । आज बिहान ११ बजेदेखि मतदान सुरु हुनेछ । दिउँसो २ बजेसम्म मतदानको समय तय गरिएको छ । यसपटक संसदीय दलको नेताको निर्वाचन विद्युतीय माध्यमबाट गरिने छ । मतदान सकिएको १ घण्टामा मतपरिणाम आउनेछ । देउवाको प्रस्तावकमा फर्मुल्लाह मन्सुर र समर्थकमा पद्मनारायण चौधरी रहनु भएको छ भने नेता पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह र समर्थकमा महामन्त्री शशांक कोइराला रहनु भएको छ ।
देउवा र पौडेल दुबैले लोकतन्त्र बलियो बनाउन र कांग्रेसलाई एकढिक्का बनाउन आफूहरुले उम्मेदवारी दर्ता गरेको बताउनु भएको छ । दुइटै पक्षले आफु जित्ने दावी गरेका छन् । जितका लागि १ सय मत मतको आवश्यक पर्नेछ ।  कांग्रेस संसदीय दलको पदाधिकारी चुनाव भने २६ गते हुनेछ ।

Share.

Leave A Reply