२८ वैशाख २०८१

एनआरएनएका समितिहरुमा स्विटजरल्याण्डबाट मनोनयन

0

०३ अप्रिल २०१६, स्विट्जरल्याण्ड। गैर-आवासीय नेपाली संघका विभिन्न समितिहरुमा स्विटजरल्याण्डबाट एनआरएनए स्विटजरल्याण्डका अध्यक्ष (२०१५-२०१७) हिराबल गुरुङ, भुतपूर्व आईसिसि सदस्य पितम गुरूङ (२०११-२०१३), उपाध्यक्ष श्रीमति सीमा गौतम र महिला फोरम स्विटजरल्याण्डकी निवर्तमान महिला संयोजक (२०१३-२०१५) संझना थापा मनोनित भएको जानकारी प्राप्त भएको छ। केन्द्रिय उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित „Philantrophy&Humanitarian Assistance“ कमिटिमा हिराबल गुरुङ, महासचिव डा. बद्रि केसीको अध्यक्षतामा बनेको „PolicyandProcedures“ कमिटिमा पितम गुरुङ, युरोप संयोजक कुल आचार्यको अध्यक्षतामा गठित „Trade & Investment Promotion Nepal“ कमिटिमा सीमा गौतम र आईसिसि महिला संयोजक सपिला राजभण्डारीको अध्यक्षतामा गठित „Women Empowerment“ टास्क फोर्समा संझना थापा सदस्यमा मनोनित भएका छन्।

NRNA Switzerland

Share.

Leave A Reply