०७ जेठ २०८१

नेपालको संविधान विश्व कै उत्कृष्ट र समावेशी भएको नेम्वाङको भनाई

0

subash-nembang

पूर्वसभामुख सुवास नेम्बाङले नेपालको संविधान विश्वकै समावेशी र उत्कृष्ट भएको दोहोर्याउनुभएको छ । आज थारु पत्रकार सघंको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपालको संविधान विश्वमै उदाहरणीय बनेको बताउँदै संविधानसभाका सबै समिति समावेशी भएकाले समावेशी संविधानसभाले समावेशी संविधान बनाएको जिकिर गर्नुभयो । विश्वमा ९० प्रतिशत जनता सहभागी भएर आफ्ना लागि संविधान बनाएको इतिहास कुनै मुलुकमा नरहेको उहाँको दाबी थियो । नयाँ संविधानमा कसैको चित्त नबुझेको भए त्यसलाई शान्तिपूर्ण छलफल गरी टुङ्गोमा पुग्न सकिने भएकाले आन्दोलनरत समूहलाई छलफलमा आउन एमाले संसदीय दलका उपनेता नेम्बाङले आग्रह गर्नुभयो । लामो छलफल र समय लगाएर नेपालीले आफ्ना लागि आफैँ बनाएको संविधानले सबै जातजाति ,वर्ग, समुदाय, पिछडा वर्ग र लैङ्गिक समावेशिताले पूर्ण संविधान बनेकाले सबैको ध्यान यसको कार्यान्वयनमा हुनुपर्ने उहाँको भनाइ थियो ।

Share.

Leave A Reply