२८ वैशाख २०८१

सामाजिक क्षेत्रमा उदाउँदै गरेका स्विटजरल्याण्डका युवा अर्जुन बस्ताकोटी

0

अर्जुन बस्ताकोटी स्विटजरल्याण्डको नेपाली समाजमा एक मृदुभाषी, मिलनसार, कर्मठ एवं क्रियाशिल युवा ब्यक्तित्वका रुपमा परिचित छन्। नेपालको पर्यटकिय नगरी पोखराका बस्ताकोटी करीब एक दशक अघि होटल-रेष्टुरेन्ट ब्यबस्थापनको अध्ययनका लागि स्विटजरल्याण्ड आएका हुन्। उनले उक्त विषयमा स्विटजरल्याण्डबाट स्नातक र स्नाकोत्तरको अध्ययन पुरा गरेका छन्। अध्ययन कालमा समयाभाबका कारण चाहँदा चाहँदै पनि संघ-संस्था र सामाजिक क्रियाकलापमा संलग्न हुन नसेको, तर अध्ययन समाप्ति पश्चात पेशागत रुपमा स्थापित हुँदैगए पछि संघ-संस्थामा आबद्ध भएको उनि बताउँछन्। नेपाल छँदादेखि नै समाजिक क्रियाकलाप, नेतृत्व र ब्यक्तित्व विकासमा सक्रिय बस्ताकोटीले सन २००५ मा मिस्टर नेपाल प्रतियोगितामा सेकण्ड रनरअप (second runner-up) को पुरस्कार जित्न सफल भए। पृथ्वीनारायण क्याम्पस पोखरामा प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत छँदा उनि स्वतन्त्र बिद्धार्थि युनियनको निर्वाचनमा उम्मेदवार हुँदा ज्यादै सम्मानित मत प्राप्त गरेका थिए। हाल  स्विटजरल्याण्डमा रेष्टुरेन्ट क्षेत्रमा एक म्यानेजरका रुपमा कार्यरत बस्ताकोटी गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डका युवा संयोजक हुन्। उनि जुरीख नेपाली स्पोर्टस् क्लबमा पनि सक्रिय छन्। क्लबले विगत २-३ बर्षदेखि स्विटजरल्याण्डमा बर्षेनी फुटबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ। आफ्नो पेशागत ब्यस्तताका बाबजुदपनि उनले स्विटजरल्याण्डका नेपाली संघ-संस्थाका कार्यक्रमहरुको आयोजना र संचालनमा महत्वपुर्ण भुमिका निभाउँदै आएका छन्। त्यसका साथै यूरोप, नेपाल र बिभिन्न ठाउँबाट भ्रमणमा आउने नेपालीहरुलाई स्विटजरल्याण्ड घुमाउने कुरामा उनले सकेसम्म जहिले पनि समय निकाल्ने गरेका छन्। गैर-आवासीय नेपाली संघप्रति भावनात्मक लगाव भएका बस्ताकोटीले संघमा सक्रिय ब्यक्तित्वहरु प्रति सदैब सम्मान ब्यक्त गर्ने गरेका छन्। स्विटजरल्याण्डमा आफ्नै ब्यवसाय स्थापना गर्ने उनको लक्ष्य कुराकानिका क्रममा सहजै बुझ्न सकिन्छ। हाम्रो एक प्रश्नको जवाफमा युवा समाज सेवी बस्ताकोटी ब्यबसायीकता र समाज सेवालाई साथ-साथ अगाडी बढाउनु पर्नेमा जोड दिन्छन्।

[rev_slider Arjun]

Share.

Leave A Reply