०५ जेठ २०८१

चीन भ्रमण अत्यन्त सफल: प्रधानमन्त्री ओली 

0

ICC Nepal China Program 1 JPG ICC Nepal China Program 2

प्रधानमन्त्री केपी शर्मा ओलीले, आफ्नो चीन भ्रमण अत्यन्त सफल भएको र भ्रमणले नेपाल चीन वीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भएको छ ।
अन्तर्राष्ट्रिय सरोकार केन्द्र नेपालले (International Concern Center) आज राजधानीमा आयोजना गरेको ‘नेपाल चीन सम्बन्ध  नयाँ आयाम र सम्भाव्यताहरु’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, भ्रमणबाट केही महत्वपूर्ण सम्झौताहरु भएका छन अब त्यसलाई कार्यान्वयनमा ल्याएर नेपालले लाभ लिन सक्नु पर्ने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले चीनको भ्रमण र त्यहांको विकासबाट हामीले धेरै सिक्ने अवसर पाएका छौं भन्दै अरुको अनुभवबाट अब हामीले सिकेर आफ्नै मौलिकतामा नेपालको विकास गर्न सबैले तत्काल सोच्ने बेला आएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अरुको आलोचना गरेर मात्र नेपालको विकास नहुने र विकासको लागि आफ्नै ढंगले सोचेर अघि बढन् सबैलाई आग्रह गर्नु भयो ।
नेपालमा अधिकार र समानताका लागि भएका धेरै लडाइ र आन्दोलनबाट प्राप्त अधिकारलाई संबिधानले संरक्षण गरेको छ भन्दै प्रधानमन्त्री ओलीले अबको हाम्रो सम्पुर्ण प्रयत्न आर्थिक विकासमा हुनु पर्ने पनि बताउनु भयो ।
दुइ ठुला देशको वीचमा रहेको नेपाल आकारमा सानो भए पनि सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र् हो भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनता छिमेकी देशबाट नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा गरिएको सम्मान हेर्न चाहन्छन भन्नु भयो ।
कार्यक्रममा नेपालका लागि चीनका राजदुत ऊ चुन्ताइले नेपालका प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण अत्यन्त सफल रहेको र त्यसलाई चीनले महत्वका साथ लिएको बताउनु भयो ।
उहांले नेपालमा जारी भएको नयाँ संबिधानको चीनले हृदयदेखिनै स्वागत गरेको छ भन्दै अब चीन नेपालको तिव्र विकास र सम्बृद्धिको चाहनामा रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाली कंग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले, प्रधानमन्त्रीको चीन भ्रमण अत्यन्त उपलव्धीमुलक भएको भन्दै प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा आए नेपालको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
सोही कार्यक्रममा एकीकृत नेकपा माओवादीका सांसद राम कार्कीले, चीनको विकासलाई हेरेर नेपालले आफ्नो विकासको लागि आफ्नै खाकामा विकास योजना अघि बढाउनु पर्ने बताउनु भयो ।
चीनका लागि नेपालका पूर्व राजदुत हिरण्यलाल श्रेष्ठले, प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला भएका सम्झौता नेपालको दीर्घकालिन हितको पक्षमा छ भन्दै चीनसंग भएको सम्झौताले कोही छिमेकीले के भन्ला भनेर सोच्न आवश्यक नभएको बताउनु भयो ।
उहांले चीनसंग भएको पारवहन यातायात सम्झौता, नेपालमा पेट्रोलियम पदार्थको उत्खनमा चीनले गर्ने सहयोग लगायतका सम्झौता नेपाललाई आत्मनिर्भर बनाउने खालको भएकोले तत्काल कार्यान्वयनमा जाने गरी कार्यक्रम अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पूर्व मुख्य सचिव लिलामणि पोखरेलले, चीनसंग धेरै पहिले हुनु पर्ने सम्झौता ढिलै भए पनि यो सरकारले गरेको छ भन्दै सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा जोड दिनु भयो ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ तथा अन्तराष्ट्रिय सरोकार केन्द्र नेपालका अध्यक्ष डा. अन्जान शाक्यले पनि प्रधानमन्त्रीको चीन भ्रमण अत्यन्त उपलव्धीमुलक भएको भन्दै अब यसलाई कार्यान्वयनमा ल्याएर नेपालको हितमा देखाउनु पर्नेमा जोड दिनु भयो ।

Share.

Leave A Reply