२३ वैशाख २०८१

दक्षिण अफ्रीकाद्वारा श्रीलंका ८ विकेटले पराजित

0

भारतमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर टेनको अन्तिम खेलमा श्रीलंका ८ विकेटले पराजित भएको छ । गएराती भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ८ विकेटले पराजित गरेको हो । श्रीलंकाले प्रस्तुत गरेको एकसय २१ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७ दशमलव ४ ओभरमा, दुई विकेटकै क्षतिमा पुरा गरेको थियो । तर दुवै टिम प्रतियोगिताबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाका लागि मात्रै थियो ।

Share.

Leave A Reply