२३ वैशाख २०८१

पोर्तुगलमा सम्पन्न भलिबल प्रतियोगितामा मोना विजयी

0

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगितामा म्याग्देली प्रवासी नेपाली संघ (मोना), पोर्तुगल विजयी बनेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक फाइनल खेलमा ठकुरी समाज पोर्तुगललाई पराजित गर्दै मोना विजयी बन्यो ।

प्रतियोगितामा ६ समूहको सहभागीता रहेको थियो । लिग चरणको खेलमा समूह ‘क’ ठकुरी समाज पोर्तुगल बिजेता बन्दै सेमी फाइनलमा पुगेको थियो । पर्वत समाजलाई हराउदै मोनाले उपविजेता बनी सेमी फ़ाइनलमा पुगेको थियो ।

समूह ‘ख’ बाट बुर्तिबाङ समूह ‘ए’ बिजेता र भुपेन्द्र बस्नेत एलडिए उपविजेता बन्दै सेमीमा पुगे । बुर्तिबाङ समूह ‘बी’ नक आउट चरणमा पुग्न सकेन ।

कार्यक्रममा कलाकारहरुले नाचगान प्रस्तुत गरेका थिए । सेकेन्ड डिग्री ब्ल्याक बेल्ट, आइटिएफ तेश्रो राष्ट्रिय प्रोफेशनल च्याम्पियन, २२ वर्षीय प्रकाश थापालगायत एभरेष्ट तेक्वान्दो क्लबका तेक्वान्दो खेलाडीहरुले काँता, र रोचक एवं साहसिक तोडफोड प्रदर्शन गरेका थिए ।

भलिबलको बिजेताले ८०१ युरो नगद, कप, मेडल र प्रमाण पत्र प्राप्त गर्यो  त्यस्तै उपबिजेतालाई ५०१ युरो नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

आयोजकले महेन्द्र पुलिस क्लबका पूर्व खेलाडी बरन्जा म्याग्दीका श्याम रोका मगर, ताराखोला बागलुङका खेलाडी चित्र गौचन र भलिबलका राष्ट्रिय रेफ्री नारायणकाजी थापा मगरलाई सम्मान गरेको थियो ।

बुर्तिबाङ-बागलुङका युवाहरुले आयोजना गरेको कार्यक्रम इनाटेल फुन्दासाँउ लोजा Parque de Jogos 1º de Maio (अल्भलाद) कभर्ड हलमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply