२८ वैशाख २०८१

चिकित्सक तथ्याङक स्विटजरल्याण्ड

0

२९ मार्च २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डको स्वास्थ्य प्रणाली संसारमै उटकृष्ठ मानिन्छ। यसलाई विश्वमै उटकृष्ठ बनाउन योगदान पु-याई रहेको एक पेशागत समुहमा “चिकित्सक” हरु पर्दछन्। यहि मार्च २३, २०१६ मा “Schweizerische Aerztezeitung“ ले प्रकाशित गरेको एक लेखले स्विटजरल्याण्डको चिकित्सक तथ्याङकका रोचक पक्षहरु देखाएको छ। सन १९९६ देखिको तथ्याङकले स्विटजरल्याण्डमा चिकित्सकहरुको संख्या बर्षेनि निरन्तर बृढि भएको देखिन्छ। सन २०१५ मा स्विटजरल्याण्डमा ३५ ३२५ चिकित्सकहरुले काम गरे, जसमा १४ २८६ महिला र २१ ०५७ पुरुष थिए। कुल पुरूष चिकित्सकको संख्या बढि देखिएपनि महिला चिकित्सकहरुको बृढि प्रतिशत तुलनात्मक रुपमा बढि र दरीलो देखिन्छ। स्विटजरल्याण्डमा चिकित्सा शास्त्रको अध्ययन गर्ने महिला विध्यार्थिहरुको संख्या पुरुषको भन्दाबढि छ।

चिकित्सक-घनत्व

स्विटजरल्याण्डमा १००० जनसंख्याका लागि सरदर ४,२ जना चिकित्सक रहेको तथ्याङकले देखाएको छ। सबैभन्दा उच्च चिकित्सक-घनत्व रहेको कान्टोन बासेल शहर हो भने सबैभन्दा न्युन चिकित्सक-घनत्व भएको कान्टोन उरी हो। बासेल शहरमा १००० जनसंख्याका लागि सरदर १० जना, जेनेभामा ६,२ जना, जुरीख कान्टोनमा ५ जना र उरीमा १,६ जना चिकित्सक छन्।

विदेशी चिकित्सक

स्विटजरल्याण्डमा कार्यरत चिकित्सकहरु मध्ये लगभग एक तिहाई (३१.५ प्रतिशत) चिकित्सकहरु विदेशी प्रमाण-प्रत्र भएका चिकित्सकहरु छन्। स्विटजरल्याण्डमा काम गर्न सबैबन्दा बढि क्रमस: जर्मनी, अस्ट्रिया, ईटाली र फ्रान्सबाट चिकित्सकहरु आउँछन्। सन २०१५ मा विभिन्न विषयमा स्पेसलाईजेसन गर्ने चिकित्सकहरु मध्ये ४१ प्रतिशत विदेशी प्रमाण-पत्र भएका चिकित्सकहरू थिए।

Share.

Leave A Reply