०६ जेठ २०८१

मोटरसाइकल रेसिङ ‘रेसमान्डु’ सम्पन्न

0

IMG_6399 IMG_6504 IMG_6756IMG_6117

ललितपुर ,

चौथो पर्वतीय खेलकुद महोत्सव अन्तर्गत नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को आयोजना र नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को व्यवस्थापनमा शनिबार मोटरसाइकल रेसिङ ‘रेसमान्डु’ सम्पन्न भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा संचालित प्रतियोगिता तीन फरक समूहमा संचालित भएको थियो ।
प्रतियोगिता अन्तर्गत नोभिस १ समूहमा रामबिक्रम थापा पहिलो, विवेक ह्युम्वा दोस्रो र निहालमान जोशी तेस्रो भएका छन् । नोभिस २ समूहमा सेन विल्सन मोक्तान पहिलो, निखिल ठकुरी दोस्रो र बिप्लक श्रेष्ठ तेस्रो भएका छन् । त्यसैगरी नेसनल च्याम्पियनसिपमा सेन विल्सन मोक्तान पहिलो, सुजित ताम्राकार दोस्रो र निहालमान जोशी तेस्रो भएका छन् ।
नोभिस १ समूहमा १९८ सिसी भन्दा मुनिका र नोभिस २ मा १९९ देखि २५० सिसीका मोटरसाइकल राइडर सहभागी थिए । नासा र एनएमएफले वितरण गरेको मोटरसाइकल स्पोर्ट्स लाइसेन्स प्राप्त ब्यक्तिहरु मात्र प्रतियोगितामा सहभागी हुन सक्ने व्यवस्था थियो ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाद्वारा उद्घाटन गरिएको रेसमान्डुमा विजयी खेलाडीहरुलाई परिषद्की सदस्य अस्मिता गुरुङ, नासा अध्यक्ष दसरथ रिसाललगायत अन्य ब्यक्तिहरुले पुरस्कृत गरेका थिए ।
नासाले यो भन्दा पहिले पनि तीन वटा रेसमान्डु सम्पन्न गरिसकेको छ । रेसमान्डुको यो चौथो संस्करण हो । मोटरसाइकल स्पोटर््सको अन्तर्राष्ट्रिय महासंघ फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिज्म (एफआईएम) को सहयोगमा संचालित रेसमान्डु नेपालको एक मात्र राष्ट्रिय प्रतियोगिता हो ।

Share.

Leave A Reply