०३ जेठ २०८१

बेल्जियमको राजधानी ब्रसेल्समा विष्फोट

0

२२ मार्च २०१६ बेल्जियम। बेल्जियमको राजधानी ब्रसेल्सको  विमानस्थलमा र मेट्रो स्टेशनमा आज बिहान भएको विष्फोटमा विमानस्थलमा कम्तिमा ११ को र मेट्रो स्टेशनमा १० को मृत्यु भएको र दर्जनौं घाइते भएको अधिकारीहरुले जनाएका छन्। उडानहरु बन्द गर्दै बिमानस्थल बन्द गरेका छन्।

गत नोभेम्बर फ्रान्सको राजधानी पेरिसमा १ सय ३० जना मानिसको ज्यान जाने गरी हमला गर्ने विद्रोही समूहको हमलाका एक मुख्य आरोपी सलाह अब्देसलामलाई ब्रसेल्समा पक्राउ गरिएको चारदिनपछि यी विष्फोटका घटना भएका छन्।

Share.

Leave A Reply