२० वैशाख २०८१

नेपाली नयाँ वर्ष २०७३ शुभकामना सांझ कार्यक्रम संगीतमय हुने

0

१७ मार्च २०१६, स्विट्जरल्याण्ड। केही वर्ष देखी आफ्नै व्यक्तिगत खर्चमा चर्चित नेपाली कलाकारहरु ल्याएर नेपाली नयाँ वर्ष कार्यक्रम आयोजना गर्दै आउनु भएकी बिमला हायोज बस्नेतको आयोजनामा स्विट्जरल्याण्डको उस्टर सहरमा आगामी २४ अप्रील २०१६ आइतबारका दिन हुने नयाँ वर्ष शुभकामना सांझ कार्यक्रम संगीतमय हुने भएको छ।

उस्टरमा आयोजना हुन लागेको उक्त नयाँ वर्ष शुभकामना सांझ कार्यक्रममा आफ्नो अमूल्य प्रस्तुति पस्कनका लागि नेपालबाट चर्चित र व्यस्त गायिका अञ्जु पन्त र नेपाली लोकसंगीतका सफल गायक राजु परियार आउनु हुने आयोजक हायोजले बताउनु भएको छ। साथै कार्यक्रममा नेपाली लोक पप गायक बिष्णु क्षेत्री पोर्चुगलबाट र स्थानीय कलाकारहरुको समेत सहभागिता रहने हायोजले बताउनु भयो।

आगामी २४ अप्रील २०१६ आईतबारका दिन आयोजना हुने “नेपाली नयाँ वर्ष २०७३” कार्यक्रम सम्बन्धी बिस्तृत जानकारी छिट्टै प्रकाशित गरिने जानकारी गराउनु भयो।

 

गायिका अञ्जु पन्त

नेपाली गायन क्षेत्रमा अञ्जु पन्तले विभिन्न चर्चित गीतहरू गाएकी छिन्। उनले धेरै नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन्। गायिका पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन्। उनको सर्वप्रिय गीत ‘न बिर्से तिमीलाई’ मोबाइलमा हजारऔं पटक डाउनलोड भएको छ। जुन मोबाइलबाट डाउनलोड गरिएको सर्वाधिक गीत हो। २००९ को डिसेम्बरमा भएको क्लोज अप हिट्स एफएम म्युजिक अवार्डको तेह्रौं संस्करणमा उनले उत्कृष्ट गायिका, बर्षको उत्कृष्ट रेकर्डेड गीत “नबिर्से तिमीलाई न पाए तिमीलाई” सहित अधिकांश अवार्डहरू जितेकी थिइन्।

कार्यक्रम हुने स्थान र मिति:

मिति: २४ अप्रील २०१६, आईतबार

स्थान:

Stadthofsaal

Theaterstrasse 1

8610 Uster, Switzerland

आयोजक:

बिमला हायोज बस्नेत र बर्षा हायोज बस्नेत।  सम्पर्क: ०७९ ५२४ ३८ ४९ र ०७९ ९५२ ५१ ०२

Share.

Leave A Reply