२० वैशाख २०८१

आशादिपका लागि स्विटजरल्याण्डबाट आर्थिक सहयोग

0

१५ मार्च २०१६, स्विटजरल्याण्ड। स्विटजरल्याण्डको लेन्जबुर्ग स्टाउफेनमा १३ मार्च २०१६ मा सम्पन्न १०६ औं अन्तराष्ट्रिय नारी दिवसका अवसरमा नेपालमा संचालित आशादिप सेवा संस्थानका लागि अर्थ संकलन गरिएको थियो। कार्यक्रमका सहभागिहरु बाट संकलित ११६३ स्विस फ्रयाङस् र ११० यूरो उक्त अबसरमा कार्यक्रमकी बिशेष अतिथि प्रा. डा. मीना सिङ खड्कालाई हस्तान्तरण गरियो। यस अवसरमा डा. खडकाले सबैलाई आशादिप सेवा संस्थान भ्रमण गर्न निम्ता दिईन्। स्विटजरल्याण्डका गायक नवराज घिमिरेले २०० स्विस फ्रयाङस् प्रदान गर्दै उनले मासिक २० स्विस फ्रयाङस् उक्त संस्थानको लागि दिने बताए। कार्यक्रममा डा. खड्काको बिशेष आतित्थ र उनको परोपकारी कार्यलाई सम्मान गर्दै उनलाई आईसिसि सदस्य डा. विनय श्रेष्ठ, एनआरएनए स्विटजरल्याण्डका अध्यक्ष हिराबल गुरुङ र महिला फोरम, स्विटजरल्याण्डकी संयोजक शुभ लामा-एलमरद्वारा संयुक्त रुपमा हस्ताक्षरित एक सम्मान-पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा सहयोगलागि धन्यबाद ज्ञापन

गैर-आवासीय नेपाली संघका अध्यक्ष हिराबल गुरुङ र महिला फोरमकी संयोजक शुभ लामा-एलमरले कार्यक्रम हलको पचास प्रतिशत भाडा तिरी सहयोग गर्ने श्रीमति दिपा खड्का श्रेष्ठ र खाना बनाउन भाँडा दिई सहयोग गर्ने श्री किशोर रानालाई धन्यबाद ज्ञापन गरेका छन्। त्यसैगरी कार्यक्रम आयोजना र संचालन गर्न सहयोग पुर्याउने गैर-आवासीय नेपाली संघ स्विटजरल्याण्डका सदस्यहरु, अन्य संघ-संस्थाका प्रतिनिधिहरु, कलाकारहरु र नेपाली दाजुभाई दिदिबहिनीहरुलाई पनि उनिहरुले धन्यबाद ज्ञापन गरे।

10441366_1072774142786603_4412477200458606780_n Naweraj

Share.

Leave A Reply