२५ वैशाख २०८१

प्लानेट ५० – ५० होईन, घर र एन.आर.एन.ए. मा हिस्सा बराबरी

0

१३ मार्च २०१६, स्विटजरल्याण्ष। १०६ औं अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम स्विटजरल्याण्ड, १३ मार्च २०१६ मा गैर-आवासीय नेपाली संघका आईसिसि सदस्य डा. विनय श्रेष्ठले एक गहकिलो मन्तब्य दिए। उनले यस पटकको अन्तराष्ट्रिय महिला दिवसको लागि संयुक्त राष्ट्र संघको नारा “लैंगिक समानताका लागि पाईला हाराहारी: सन २०३० सम्म हिस्सा बराबरी, Planet 50-50 by 2030: Step It Up for Gender Equality” भन्ने रहेको बताउँदै महिला सहभागिता, सशक्तिकरण र महिला शिक्षाका सवालमा संसारकै लागि के कस्ता लक्ष्य र उदेश्य हुनुपर्छ भन्ने भन्दापनि अहिले यसका लागि हाम्रा लक्ष्यहरु के हुन् र छन् भन्ने कुरा महत्वपुर्ण हुने बताए।  यसैक्रममा उनले हाम्रो लक्ष्य “लैंगिक समानताका लागि पाईला हाराहारी: सन २०३० सम्म हिस्सा बराबरी” मात्र होईन “समानताका लागि पाईला हाराहारी: पाँच बर्ष भित्र आफ्नै घरभित्र हिस्सा बराबरी, एनआरएनए र नेपाली संघ-संस्थामा हिस्सा बराबरी” हुनु पर्छ भन्दा सबैले तालि बजाएका थिए।

Share.

Leave A Reply