२५ वैशाख २०८१

स्विटजरल्याण्डको अन्तराष्ट्रिय नारी दिवसमा विविध साँस्कृतिक कार्यक्रम र महिला बिषयमा प्रस्तुति

0

१३ मार्च २०१३, स्विटजरल्याण्ड। आज सम्पन्न स्विटजरल्याण्डको अन्तराष्ट्रिय नारी दिवसमा विविध साँस्कृतिक कार्यक्रमको आयोजनाका साथै विविध बिषयमा महिला प्रतिनिधिहरु द्वारा प्रस्तुति गरियो। स्विटजरल्याण्डकी विजया भट्टले गैर-आवासीय नेपाली संघको आङ खस्ने रोग प्रोजेक्ट र संझना थापाले महिला सशक्तिकरणमा स्लाईडहरु देखाउँदै गहन प्रस्तुतिहरु गरे। कार्यक्रममा स्विटजरल्याण्डका परिचित कलाकारहरु अमिना श्रेष्ठ, गौरी गुभाजु, नीता कपुर, नीरा लामा, राजेन्द्र भण्डारी, नवराज घिमिरे र बाल कलाकार आजान जरालले मनोरन्जनात्मक साँस्कृतिक कोशेलीहरु प्रस्तुत गरे। कार्यक्रममा स्विटजरल्याण्डका विभिन्न संघ-संस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो।

खाना पकाउन र हल सफा गर्न पुरुषहरु

कार्यक्रम हलमा महिला कार्यक्रम संचालन भईरहँदा भान्सामा तिलक थापा, देव राई, अर्जुन बस्ताकोटी, लोकेन राना र सुक्र श्रेष्ठको समुह सहभागीहरुका लागि खाजा र खाना बनाउन ब्यस्त थिए। त्यसैगरी कार्यक्रमको समाप्ति पश्चात सन्तोष राई, गुणराज शर्मा, धनसिङ ठकुरी र टेम्बा गुरुङ प्रेमप्रसाद सापकोटाहरु लगायतका समुहले हल र भान्सा सफा गरेका थिए। नारी दिवसका अवसरका दिन पुरूषहरुले नारीहरुलाई बिशेष सम्मान देखाउन उनिहरुले त्यसो गरेको बताए।

229716_1053449478047827_5543506883981790908_n

Share.

Leave A Reply