३० वैशाख २०८१

स्विटजरल्याण्डमा अन्तराष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना हुने

0

११ मार्च २०१६, स्विटजरल्याण्ड। गैर-आवासीय नेपाली संघ, स्विटजरल्याण्डको महिला फोरमले यहि मार्च १३ मा विभिन्न कार्यक्रमहरुको आयोजन गर्दै १०६ औं अन्तराष्ट्रिय महिला दिवस मनाउने भएकोछ। कार्यक्रममा स्विटजरल्याण्डका लागि नेपाली राजदूत श्री दीपक धिताल र महिलाविद प्रा. डा. मीना सिङ खडकाका साथै स्विटजरल्याण्ड र यूरोपका गैर-आवासीय नेपाली संघका ब्यक्तित्वहरुको उपस्थिति र प्रस्तुतिहरु रहने महिला फोरम स्विटजरल्याण्डकी संयोजक शुभ लामा-एलमरद्वारा संप्रेषित निमन्त्रणामा जनाईएको छ। यसै बीच कार्यक्रमका सहभागीहरुका लागि नेपाली साँस्कृतिक कार्यक्रम र नेपाली खानाको ब्यबस्था गरिएको जानकारी गराउँदै कार्यक्रमको सम्पुर्ण तयारी पुरा भईसकेको आयोजकहरुले बताएका छन्।

हरेक बर्ष मार्च ८ तारीखमा अन्तराष्ट्रिय महिला दिवस मनाईने गरिन्छ। यस बर्षको अन्तराष्ट्रिय महिला दिवस “लैंगिक समानताका लागि पाईला हाराहारी: सन २०३० सम्म हिस्सा बराबरी (Planet 50-50 by 2030: Step It Up for Gender Equality)” भन्ने संयुक्त राष्ट्र संघको नाराका साथ संसार भरी मनाईए र मनाईदै छ।

कार्यक्रम स्थान: Zopfhuus, Zopfgasse 20, in 5603 Staufen, Aargau

समय/ मिति: ११:००-१७:०० बजे, १३ मार्च २०१६

महिला फोरम, स्विटजरल्याण्डको निमन्त्रणा:

Invitation Women Forum Switzerland 2016

Share.

Leave A Reply