३१ वैशाख २०८१

ईनासको नृत्य र गायन प्रतियोगिताको नियम सार्वजनिक

0

०६ मार्च २०१६, स्विटजरल्याण्ड। ईनास ग्लोबल र यूरोप महादेशीय समितिले सन २०१६ को १४-१५ मे मा बासेल स्विट्जरल्याण्डमा ईनास स्विटजरल्याण्ड र ईनास यूरोपको आयोजना हुने चौंथो ईनास यूरोपेली एकल नृत्य र प्रथम गायन प्रतियोगिताका नियमहरु र संपर्क ब्यक्तिहरु को नामावलि फेसबुक मार्फत सार्वजनिक गरेको छ।

मेको १४ तारीखमा ईनास यूरोपको क्षेत्रिय बैठकको आयोजना हुनेछ भने नृत्य र गायन प्रतियोगिता मेको १५ तारीखमा बासेलको आधुनिक UNION Hall (Klybeckstrasse 95, 4007 Basel) आयोजना हुँदैछ। यस पटकको नृत्य प्रतियोगिता ईनासको यूरोप स्तरीय चौंथो प्रतियोगिता हो भने गायन प्रतियोगिता प्रथम पटक आयोजित हुँदैछ। सदाझैं ईनासको यो कार्यक्रम सनसनीपुर्ण, कलात्मक र मनोरन्जनात्मक हुने विश्वास गरिएको छ।

ईनासले सार्वजनिक गरेको उक्त नियमको पुर्ण पाठ:

१) प्रतियोगीले आफ्नो नृत्य नेपाली भाषाको गीतमा प्रस्तुत गर्नुपर्नेछ ।
२) नृत्य एकल हुनुपर्नेछ ।
३) प्रतियोगीले आफूले नृत्य गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
४) प्रतियोगितामा महिला वा पुरुष दूवैले भाग लिन पाउनेछन ।
५) प्रतियोगितामा प्रतियोगीको कम्तिमा १३ वर्ष वा सो भन्दा माथि हुनुपर्नेछ ।
६) प्रतियोगितामा ब्यक्तिगत वा संस्थागतरुपमा भाग लिन पाईनेछ । तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
७) नृत्य गर्ने गीतको समय बढिमा ३ (तीन) मिनेटको हुनुपर्नेछ ।
८) नृत्य गर्दा चाहिने सम्पूर्ण आवश्यक सामाग्री प्रतियोगी आफैले व्यावस्था गर्नुपर्नेछ ।
९) प्रतियोगीले लोक (झ्याउरे, टप्पा, मारुनी, सोरठी, चुट्का, देउडा, हुट्क्यौली आदि लगायतका नेपालका सबै लोक नाचहरु तथा मन्जुश्री, कुमारी, भैरव, साकेला, घाटु लगायतका परम्परागत लोक नाच तथा लोक भाकामा बनाइएका नेपाली चलचित्रका लोक गीतहरु ईत्यादि) र आधुनिक(नेपाली पप, आधुनिक,जाज(Jazz), ब्रेक र रिमिक्स जस्ता आधुनिक गीतहरु) गरि दूई ओटा विधाका गीतमा अनिवार्य नृत्य गर्नुपर्नेछ ।
१०) प्रतियोगितामा भाग लिन चाहनु हुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि बुझाउनुपर्नेछ । दरखास्त फाराम तोकिएका संपर्क व्यक्तिहरु तथा युरोप स्थिति अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का राष्ट्रिय समितिहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।
११) प्रतियोगीले आवेदन फारामका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनु पर्नेछ ।
१२) प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोलसम्वन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१३) सहभागिताको लागि निवेदन दिने अन्तिम मिति १५ अप्रिल २०१६ (15 April, 2016) सम्म हुनेछ ।
१४) प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१५) मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१६) प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ मे गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१७) नृत्यको मूल्याङ्कन गर्दा गीत अनुसारको भेष-भुषा, हाउ-भाउ, सुरुवात र अन्त्य आदिलाई आधार मानिनेछ ।
१८) प्रतियोगितामा प्रथम दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली डन्सिङ्ग स्टार २०१६ (INAS Europe Dancing Star 2016)’ ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१६ (INAS Europe Dancing Star 1st Runner up 2016) ‘ र ‘इनास युरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१६ ‘ (INAS Europe Dancing Star 2nd Runner up 2016) को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (युरो सात सय एक), ५०१ युरो (युरो पाँच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।
१९) प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

गायन प्रतियोगितासम्बन्धी नियमहरु यसप्रकार हुनेछन:

१. प्रतियोगीले गाउने गीत नेपाली भाषामा हुनुपर्नेछ।
२. गायन एकल हुनुपर्नेछ।
३. प्रतियोगीले आधुनिक र लोक गरि दूई ओटा गीतहरु गाउनुपर्नेछ।
४. प्रतियोगीलाई एउटा गीत प्रस्तुत गर्न बढिमा ३ मिनट समय प्रदान गरिनेछ।
५. आधुनिक गीत म्युजिक ट्रयाकमा गाउन सक्नेछन। तर लोक गीत भने प्रत्यक्ष वाद्यवादनमा गाउनुपर्नेछ।
६. प्रतियोगीहरुले प्रस्तुत गर्ने गीत आफैले छनौट गर्नुपर्नेछ ।
७. कम्तिमा १३ वर्ष पूरा भएका नेपाली भाषी महिला तथा पुरुष जो सुकैले पनि प्रतियोगितामा भाग लिन पाउनेछन् ।
८. प्रतियोगितामा व्यक्तिगत वा संस्थागत रुपले भागलिन पाइनेछ। तर संस्थागत प्रतियोगीको हकमा भने संस्थागत-पत्र हुनु जरुरी छ ।
१०. लोक गीतको लागि वाद्यवादन (मादल र हारमोनियम वा किबोर्ड मध्ये एक) आयोजकबाट उपलब्ध हुनेछ। तर आधुनिक गायनको लागि आफूले गाउने गीतको म्युजिक ट्रयाकको ब्यबस्था प्रतियोगी आँफैले गर्नुपर्नेछ ।
११. एक देशबाट बढिमा दुई जनासम्म प्रतियोगीहरुले प्रतियोगितामा भाग लिन पाउनेछन।
१२. प्रतियोगितामा भाग लिन चाहनुहुने प्रतियोगिले २ वटा पासपोर्ट साईजको फोटोसहित आयोजकद्वारा उपलब्ध गराईने फाराम भरि दरखास्त दिनुपर्नेछ । दरखास्त फाराम सम्बन्धित देशमा रहेका इनास राष्ट्रिय समितिहरु वा तोकिएका संपर्क व्यक्तिहरुबाट निशुल्क प्राप्त गर्नसकिनेछ ।
१३. प्रतियोगीले आवेदन फारमका साथमा आवेदन शूल्क वापत यूरो ३५ (युरो पैतीस) बुझाउनुपर्नेछ ।
१४. प्रतियोगिले प्रतियोगिताको लागि छनौट गरेको गीतको बोल सम्बन्धी सम्पूर्ण जानकारी निवेदनका साथ उपलब्ध गराउनुपर्नेछ ।
१५. सहभागिताको लागि निवेदन दिने अन्तिम मिति १५ अप्रिल २०१६ (15 April, 2016) सम्म हुनेछ ।
१६. प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी कुनै कारणले प्रतियोगितामा भाग लिन नसक्ने भएमा प्रतियोगिता प्रबेश शुल्कको रुपमा लिएको दस्तुर फिर्ता गरिने छैन ।
१७. मादक पदार्थ सेवन गरेर आउने प्रतियोगीलाई प्रतियोगितामा समावेश गरिने छैन ।
१८. प्रतियोगितामा भाग लिने प्रतियोगिलाई १४ र १५ मे गरी दुई दिन खाने र बस्ने व्यवस्था गरिनेछ । तर अन्य सम्पूर्ण व्यवस्था प्रतियोगी आफैले गर्नुपर्नेछ ।
१९. गायनको मूल्याङ्कन गर्दा गीत अनुसारको सुर, ताल-नोटेशन, टाइमिङ्ग लगायतका गायन प्रतियोगिता मूल्यांकन सम्बन्धी प्रचलित नियमलाई आधार मानिनेछ ।
२०.प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार २०१६’ (INAS Europe Singing Star 2016) ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार फस्ट रनर अप २०१६ (INAS Europe Singing Star 1st Runner Up 2016) ‘ र ‘इनास युरोप नेपाली सिङ्गिङ स्टार सेकेन्ड रनर अप २०१६ (INAS Europe Singing Star 2nd Runner Up 2016)’ को विशेष उपाधि सहित क्रमश: ७०१ युरो (सात सय एक), ५०१ युरो (युरो पांच सय एक) र ३०१ युरो (युरो तीन सय एक) नगद, ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ भने अन्य सम्पूर्ण सहभागी कलाकारहरुलाई उच्च कदर गर्दै मायाको चिनो (Token of love) स्वरुप ट्रफी र प्रमाण-पत्र प्रदान गरिनेछ ।
२१. प्रतियोगीताको मूल्यांकन र निर्णयको लागि एक निर्णायक समिति रहनेछ र उक्त समितिले गरेको निर्णयनै अन्तिम निर्णय हुनेछ ।

साथै आगामी चौथो ईनास युरोप महादेशीय नृत्य प्रतियोगिता तथा प्रथम ईनास गायन प्रतियोगिता भाग लिन चाहने कलाकारहरु एवं ईच्छुक अन्य सबैलाई कार्यक्रम सम्बन्धी सूचना तथा जानकारीहरु प्रवाह गरी सहजता प्रदान गर्ने/गराउने उद्देश्यले विभिन्न देशहरुमा सम्पर्क व्यक्तिहरु मनोनन गरिएको छ। निम्न अनुसार सम्पर्क व्यक्तिहरु (contact persons) का रुपमा तोकिनुभएका प्रतिनिधीहरु ईनास संग सम्बन्धित आधिकारिक पदाधीकारीज्यूहरु हुनुभएको व्यहोरा सबैमा सूचित गरिन्छ।

चौथो ईनास युरोपस्तरीय एकल नृत्य प्रतियोगिता तथा प्रथम ईनास युरोपस्तरीय एकल गायन प्रतियोगिताको लागि सम्पर्क व्यक्तिहरुको रुपमा मनोनयन हुनुभएका पदाधिकारीज्यूहरुको नामावाली यसप्रकार छ।
श्री डा. विजय मल्ल (स्विजरल्याण्ड) ००४१(०)७८६४३७९३३
सुश्री आशा स्टुकी (स्विजरल्याण्ड) फोन: ००४१(०)७६३३५०८७४
श्रीमती निता कपूर (स्विजरल्याण्ड) फोन: ००४१(०)७८६१६३४३३
श्री कमला दाहाल (जर्मनी) (+४९) १५७५८४७१३७५
श्री सन्तोषराज गुरुङ( जर्मनी) (+४९) १६३८४९८२०२
श्री रमेश त्वयना (लक्जम्बर्ग) (+३५)२६९१६८५८९२
श्री पुरुषोत्तम भट्टराई (स्पेन) (+३४) ६३२७६६४९१
श्री संजय बिक्रम शाह (स्पेन) (+३४) ६३१४४२९२७
श्री मित्र लाल पार्दे (पोल्याण्ड) (+४८) ७२९५८९५३९
श्री श्रीकृष्ण न्यौपाने (पोल्यान्ड) (+४८) ५१७२८१४६२
श्री दिपेन्द्र भण्डारी (इटाली) (+३९) ३२९ ०४७२७२४
श्री पवन गुरुङ (इटाली) (+३९) ३२९०९३२८४
श्री मनीष कुमार श्रेष्ठ (यूके) ००४४७४२८७३३७०८
श्री सनम कुमार बैराग (यूके) ००४४७४४५८७१३७५
श्री बालकृष्ण श्रेष्ठ ( फिनल्याण्ड) ००३५८५०५०६१४००
श्री हेमन्त उपाध्याय(फ्रान्स) (+३३)१४२०९६६३२
श्री श्याम श्रेष्ठ (बेल्जियम) (+३२)४८५९२७७६०
श्री अनुजा प्रधान (बेल्जियम) (+३२) ४७१३०७४६३
श्री सन्त कुमार थापा मगर (डेनमार्क) (+४५) ४२६४७३३६
श्री रबिन्द्र खड्का (डेनमार्क) (+४५) ४२३७२४९२
श्री अर्पण पोखरेल (नेदरल्यान्ड्स) (+३१) ६४३९८०२७१
श्री सरिता हुमागाईं (नेदरल्यान्ड्स) (+३१) ६३९४८१८६८
श्री तुलसी लम्साल (पोर्चुगल) (+३५) १९२००७०१८०
श्री बैकुण्ठ रायमाझी (चेक रिपब्लिक) (+४२०)७७७५२३५०१
श्री किशोर रायमाझी (चेक रिपब्लिक) (+४२०) ७७७ ६१ ३८०२

कार्यक्रम सम्बन्धी अन्य जानकारीको लागि ईनासका ग्लोबल प्रतिनिधिहरु, ईनास युरोप संयोजक, सहसंयोजकहरु तथा राष्ट्रिय समितिका पदाधिकारीहरुका साथै iartistsociety@gmail.com, inaseurop@gmail.com, inas_swissnep@bluewin.ch मा समेत इमेल गरी सम्पर्क गर्न सकिने जानकारी गराएको छ।

Share.

Leave A Reply