३० वैशाख २०८१

स्विटजरल्याण्डको चुनावि आईतबार: स्विस जनता पार्टिको हार

0

२८ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। आज स्विटजरल्याण्डमा विभिन्न राजनीतिक बिषयका पहलहरुमा स्विस नागरिकहरुले आफ्नो मत प्रयोग गरे। ति बिषयगत चुनावि पहलहरुमा सबैभन्दा बढि चर्चा पाएको पहल थियो: प्रवर्तन पहल (जर्मन: Durchsetzungsinitiative, अंग्रेजि: Enforcement Initiative)। यसलाई दक्षिण पन्थि “स्विस जनता पार्टि (SVP: Schweizerische Volks Partei) ले अधि बढाएको हो। यस पहल अनुसार स्विटजरल्याण्डमा बस्ने विदेशिहरुले झिनामसिना अपराध गरेको प्रमाणित भएमा पनि तिनीहरुलाई स्विटजरल्याण्ड निकाला गरी उनीहरुको मुलको देश पठाउन सकिने प्रावधान थियो। यो पहलको पक्षमा ४१.१ प्रतिशत र विपक्षमा ५८.९ प्रतिशत मत खस्यो। स्विटजरल्याण्डका २६ वटा प्रदेश (Canton, कान्टोन) हरु मध्ये ६ वटामा मात्र उक्त पहलले विजय हासिल ग-यो। मतदान परिणाम प्रकाशमा आएपश्चात स्विटजरल्याण्डकी न्याय मन्त्री श्रीमति सिमोनेट्टा सामारुगाले आजको दिन कानुनी राज्यका लागि एक राम्रो दिन भएको बताउँदै यस्ता बिषयहरुमा निरन्तर स्विस जनताको सामाजिक संलग्नता रहने विस्वाश ब्यक्त गरिन। मतदान परिणामसंगै यस पहलका विरोधीहरु हर्षित भएका छन्।

Share.

Leave A Reply