२८ वैशाख २०८१

लिबियामा भिषण अमेरिकी हवाई आक्रमण, कम्तीमा ३८ जना मारिए

0

लिबियास्थित इस्लामिक स्टेट चरमपन्थी समूहमाथि अमेरिकी लडाकु विमानहरुले भिषण आक्रमण गरेका छन् । आक्रमणमा ३८ जनाको मृत्यु भएको छ।
अमेरिकी अधिकारीहरुका अनुसार लिबियाको राजधानी त्रिपोलीबाट ७० किलोमिटर पश्चिमस्थित सैब्राटामा रहेको इस्लामिक स्टेटको तालिम केन्द्र र ट्युनिसियाका बरिष्ठ चरमपन्थी नेतालाई निशाना बनाइएको थियो ।
नूरुद्दीन शूशाने नामका चरमपन्थी नेता ट्युनिसियामा गत वर्ष भएको दुई चरमपन्थी आक्रमणमा संलग्न रहेको आशंका गरिएको छ।
ट्युनिसियामा गत वर्ष भएको चरमपन्थी आक्रमणमा ३० जना बेलायती नागरिक मारिएका थिए । सैब्राटाका मेयरले एउटा भवनमा आक्रमण भएको बताएका छन् । उनका अनुसार आक्रमणमा करिब ४१ जनाको मृत्यु भएको छ। जसमा अधिकांश ट्युनिसियन नागरिक छन् ।
आइएस गत वर्षदेखि लिबियामा सक्रिय बनेको छ। अमेरिकी अधिकारीहरुको अनुमान अनुसार लिबियामा आइएसका करिब ६ हजार लडाकु छन् ।

लिबियाको शासनसत्ताबाट मुअम्मर गद्दाफीलाई हटाएपछि पिवगत चार वर्षदेखि राजनीतिक संकट उत्पन्न भएको छ ।
अमेरिकी रक्षामन्त्री एश कार्टरले गत साता अमेरिका लिबियामा आक्रमण गर्ने बताएका थिए । उनले भनेका थिए–हामी एकतर्फी कारबाहीको विकल्प सधै खुला राख्ने गर्दछौ । एजेन्सी

Share.

Leave A Reply