२८ वैशाख २०८१

महिला मोटरसाइकल रेसिङ ‘रेसनारी’ हुने

0

racenari

नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) ले पहिलो मोटरसाइकल रेसिङको रुपमा भोलि फागुन ८ गते ‘रेसनारी’ आयोजना गर्ने भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रेसनारी आयोजना हुनेछ । १२५ सिसीका मोटरसाइकल सहभागी हुने उक्त प्रतियोगितामा महिला राइडरहरु मोटरसाइकल रेसिङमा सहभागी हुने छन् ।

रेसनारीकै अवसरमा सब इभेन्टका रुपमा स्कुटर जिमखाना प्रतियोगिता, स्लो रेस प्रतियोगिता, ट्यालेन्ट हन्ट, राइडर्स युनिफाइडद्वारा विमेन स्कुटर स्टन्ट शो तथा अन्य विभिन्न इभेन्ट समेत आयोजना गरिने छ ।

यो भन्दा पहिले स्कुटर ¥याली, रेसमान्डु, टीडीएस ¥याली, अफरोड रेसिङ, क्रसकन्ट्री जस्ता विभिन्न प्रतियोगिता नेपालमा भए पनि  यस प्रकारको मोटरसाइकल रेसिङ प्रतियोगिता नेपालमा भएको थिएन । त्यसैले नेपालका लागि यो पहिलो महिला मोटरसाइकल रेसिङ इभेन्ट हो । यो मोटरसाइकलमा आधारित पहिलो क्लोज सर्किट रेस हो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विजेतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा खेल्न प्रोत्साहित गरिने छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) मा आवद्ध नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा रेसनारी आयोजना हुन लागेको हो । यसबाट सडक सुरक्षाको सन्देश समेत फैलाउन सहयोग पुग्नेछ । सुरक्षित रुपमा मोटरसाइकल चलाएमा सुरक्षा पनि हुन्छ भन्ने सन्देश सबैमा पुग्ने छ ।

नेपालमा पनि दर्जनौ महिला मोटरसाइकल राइडर छन् । राइडिङ मार्फत महिला सशक्तिकरण गर्नु रेसनारीको उद्देश्य हो । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तीन मुल मन्त्र स्पोर्ट्स भ्याल्यु, सोसल भ्याल्यु र नेसन भ्याल्यु मध्ये यो विशेष गरी सोसल भ्याल्युमा आधारित रहेको छ । महिलाहरु पनि सामाजिक एकता, रुपान्तरण, कार्य सशक्तिकरण आदिका माध्यमबाट समाजमा आफ्नो स्वामित्व स्थापित गराउन सक्छन् भन्ने मान्यतामा आधारित रहेर यस प्रकारको प्रतियोगिताको आयोजना गरिएको हो । नेपालमा दजैनौ साना ठूला मोटरसाइकलस“ग सम्बद्ध इभेन्ट हुने भए तापनि रेसनारी चाहिं ‘कम्प्लेट रेसिङ इभेन्ट’ हो ।

सन् २००८ मा स्थापित नेपाल अटोमोवाइल स्पोर्ट्स एसोसिएसन (नासा) नेपालमा मोटर, मोटरसाइकल स्पोर्ट्स तथा अटोमोवाइल क्षेत्रसँग सम्बन्धित राष्ट्रिय संघ हो । नासा अन्तर्राष्ट्रिय मोटरिङ संस्था ‘फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल (एफआर्र्ईए) र फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिज्म (एफआईएम) मा पनि सन् २०११ देखि आबद्ध रहदै आएको संघ हो ।

Share.

Leave A Reply